बुधबार, भदौ १०, २०८३

चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आजबाट लगाइँदै

गत चैत २५ देखि वैशाख १५ गतेसम्म पहिलो मात्रा लगाएकाहरूलाई आजदेखि ११ गतेसम्म दोस्रो मात्राको खोप लगाइँदै छ।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडाैं - आजदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइँदै छ। गत चैत २५ देखि वैशाख १५ गतेसम्म पहिलो मात्रा लगाएकाहरूलाई आजदेखि ११ गतेसम्म दोस्रो मात्राको खोप लगाइँदै छ।

आजदेखि काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा दोस्रो मात्राको खोप सञ्चालन हुने स्वास्थ्य सेवा विभागले जनाएको छ।

यसैबीच काठमाडौं महानगरले एक वडा एक खोप केन्द्र तोकिसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको वैशाख २५ गतेको निर्णयअनुसार गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो मात्रा लगाएकाहरूलाई दोस्रो मात्रा दिन लागिएको हो।

यसमा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिक छन्। दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको छ। जसअनुसार २०७७ चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा लगाएकालाई जेठ २ गते दोस्रो खोप दिइने छ।

यसैगरी चैत २९ र ३० गते पहिलो खोप लिएकालाई जेठ ३ गते, २०७७ चैत ३१ र २०७८ वैशाख २ गते पहिलो खोप लगाएकालाई जेठ ४ गते दोस्रो मात्राको खोप दिइने छ।

वैशाख ३ र ४ गते पहिलो खोप लगाएकालाई जेठ ५ गते, वैशाख ५ र ६ गते पहिलो खोप लगाएकालाई जेठ ६ गते, वैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकालाई जेठ ७ गते, वैशाख ११ र १२ गते पहिलो खोप लिएकालाई जेठ ८ गते भेरोसेलको दोस्रो मात्रा खोप दिइने छ।

त्यस्तै वैशाख १३, १४ र १५ गते पहिलो मात्रा लिएकाहरूलाई जेठको ९, १० र ११ गते दोस्रो खोप दिइने छ। यी दिनहरूमा पहिलो खोप लगाउनेको संख्या धेरै थियो। अहिलेसम्म कोरोना भाइरसविरुद्धको २५ लाख डोज खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित: May 16, 2021| 05:08 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।