बिहीबार, माघ ८, २०८२

जिनेदिन जिदानेले रियल मड्रिड छोड्ने

स्पेनिस क्लब रियल मड्रिडका फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानेले फेरि रियल मड्रिड छोड्ने भएका छन्।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं - स्पेनिस क्लब रियल मड्रिडका फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानेले फेरि रियल मड्रिड छोड्ने भएका छन्।

National life

रियललाई लगातार तीन पटक युरोपियन च्याम्पियन बनाएर २०१८ मा पहिलो पटक क्लब छोडेका जिदानेले २०२०–२१ को सिजन सकिएसँग क्लब छोड्ने भएका हुन्।

उनले क्लब छोड्नेबारे रियलका पहिलो टिमका खेलाडीलाई जानकारी दिइसकेको स्पेनिस पत्रिका मार्काले उल्लेख गरेको छ। अर्थात् आउँदाे सिजनमा उनी रियल मड्रिडमा हुने छैनन्।

गएको हप्ता च्याम्पियन्स लिगमा चेल्सीसँग हार बेहोरेर च्याम्पियन्स लिगबाट बाहिरिएपछि र त्यसपछि सेभियासँगको खेलअघि उनले खेलाडीलाई जानकारी दिएका थिए। जसकारण रियलले केही समय ढिलो गरेर मात्र पत्रकार सम्मेलन गरेको थियो।

जानकारीअनुसार जिदानेले मे ८ मा क्लबसँग कुराकानी गरेका थिए। उनले एक प्रशिक्षकका हिसाबले खेलाडीको ड्रेसिङ रुममा आफ्नो निर्णय सुनाएका थिए।

Laxmi sunrise bank
kumari

उनले रियलमा आफ्नो समय सकिएको अब नयाँ कदम चाल्ने बताएका थिए। लब ब्लांकोसबाट अब उनको दोस्रो बिदाइ हुनेछ। तर, उनको यो निर्णय २०१८ को जस्तो आश्चर्यजनक भने छैन।

त्यस्तै उनले एथ्लेटिक क्लबपछिको खेलमा प्रशंसकबाट बाहिर जाँदै कुनै खेलाडी र प्रशिक्षक क्लबमा रहने तथा क्लबबाट निस्कने निश्चित समय हुने बताएका थिए। त्यो भनाइले पनि उनले क्लब छोड्नेबारे अड्कल काटिएको थियो।

उनले रियलबाट ११ उपाधि जितेका छन्। यदि जारी सिजन ला लिगाको अन्तिम दुई चरण रियलको फेबरमा हुन सके उनले १२ औं उपाधि पनि जित्न सक्नेछन्।

अब उनकाे स्थान रियलका पूर्व खेलाडी राहुलले लिन सक्नेछन्। त्यस्तै, युभेन्टसका पूर्व प्रशिक्षक मासिमिलियानाे एलेग्री र जर्मनीका प्रशिक्षक जाेचिम लाेलाई समेत रियलका सम्भावित प्रशिक्षककाेरूपमा हेरिएकाे छ।

प्रकाशित: May 16, 2021| 04:28 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।