सोमबार, असोज १२, २०८३

नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि

नेपाली बजारमा जेठ महिनाको पहिलो कारोबार भएकै दिन सुनको मूल्य बढेको छ।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं - नेपाली बजारमा जेठ महिनाको पहिलो कारोबार भएकै दिन सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनमा आज सुन प्रतितोला ९ सयले बढेको हो। शुक्रबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ९०० ले बढेर ९२ हजार ५०० पुगेको महासंघले जनाएको छ। 

त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ। 

चाँदीको मूल्यसमेत आइतबार सामान्य वृद्धि भएको छ। गत शुक्रबार प्रतितोला एक हजार ३३० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार २० रुपैयाँले बढेर एक हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: May 16, 2021| 06:28 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्