बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमणबाट पत्रकार कार्कीको मृत्यु, पत्रकार महासंघद्वारा दुःख व्यक्त

कोरोना संक्रमणबाट पत्रकार कार्कीको मृत्यु, पत्रकार महासंघद्वारा दुःख व्यक्त

नेपाल पत्रकार महासंघ च्यानल नेपाल प्रतिष्ठान शाखा अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं - नेपाल पत्रकार महासंघ च्यानल नेपाल प्रतिष्ठान शाखा अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। ३४ वर्षीय कार्कीको शनिबार साँझ उपचारका क्रममा मृत्यु भएको हो। 

वैशाख १९ गते संक्रमण पुष्टि भएपछि उनी स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार गराइरहेका थिए। वैशाख २३ गतेदेखि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। 

१४ दिनदेखि उपचाररत उनको शनिबार साँझ ८ बजे निधन भएको हो। झापा घर भएका कार्की डेढ दशकदेखि काठमाडौंमा रहेर सक्रिय पत्रकारिता गर्दै आएका थिए। 

कार्कीको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ।  उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एउटा कुशल, ऊर्जाशील र जुझारु युवा पत्रकार गुमाएको महासंघले जनाएको छ। 

महासंघका अनुसार हालसम्म कोरोना संक्रमणका कारण १३ पत्रकारको निधन भएको छ। ७५० पत्रकार संक्रमित भएका छन्। 

महासंघले कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा सम्भावित जोखिमको ख्याल गर्दै सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गर्दै पेसागत कर्ममा जुट्न अपिलसमेत गरेको छ। 

प्रकाशित: May 16, 2021| 03:40 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।