आइतबार, वैशाख २७, २०८३

अस्ताए वरिष्ठ चलचित्रकर्मी चेतन कार्की

कोरोना संक्रमणबाट वरिष्ठ संस्कृतिकर्मी तथा चलचित्रकर्मी चेतन कार्कीको निधन भएको छ।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं – कोरोना संक्रमणबाट वरिष्ठ संस्कृतिकर्मी तथा चलचित्रकर्मी चेतन कार्कीको निधन भएको छ।

National life

विगत एक हप्तादेखि सैनिक अस्पतालमा उपचाररत कार्कीको आइतबार बिहान निधन भएको हो।

चलचित्रको लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा उनले जीवन समर्पण गरेका थिए। वि.सं. १९९५ कात्तिक २२ गते स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा जन्मिएका कार्कीको ८३ वर्षको उमेरमा निधन भएको हो।

उनले नेपालीसहित हिन्दी तथा उर्दू भाषामासमेत साहित्य सिर्जना गरेका छन्।

उनका तिजको रहर आयो बरिलै, दाइलाई बोलाउँ भने लेक स्वर पुग्दैन, बुझ्नै सकिनौं तिमिले मेरो आँखाको भाका, माया पिरतीको चोखो कथा, यी ओठ तिम्रा (राष्ट्रिय चलचित्र पुरस्कार पाएको, २०४३ सालमा) लगायत उनका दर्जनौं गीत चर्चित छन्। उनका गीतमा नारायण गोपाल, तारा देवी, अरुणा लामा, प्रकाश श्रेष्ठलगायत थुप्रै स्रष्टाले गाएका छन्।

आत्मा बेचेको छैन, ढलेको गिलासँ, हनिमुन–उपन्यास, बसिबियाँलो–कथासंग्रह, माया पिरतीको कथा, जुन निदाउन थाल्यो–गीत संग्रह, कल्पना टुट चुकी है (हिन्दी कविता), दिल गिजर के टुकडे (हिन्दी उर्दू कविता) लगायत प्रकाशित छन्।

प्रकाशित: May 16, 2021| 06:16 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्