बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अक्सिजन सिलिन्डर लुकाएको विवादमा किन तानिइन् सांसद चौधरी?

अक्सिजन सिलिन्डर लुकाएको विवादमा किन तानिइन् सांसद चौधरी?

चीनले अनुदानमा दिएको अक्सिजन सिलिन्डर सांसद गंगा चौधरीको घरमा भेटिएपछि उनी विवादमा तानिएकी छन्।
 |  आइतबार, जेठ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २, २०७८

काठमाडौं - चीनले अनुदानमा दिएको अक्सिजन सिलिन्डर सांसद् गंगा चौधरीको घरमा भेटिएपछि उनी बिवाद्‍मा तानिएकी छन्। दाङबाट निर्वाचित एमाले सांसद चौधरी बस्ने बानेश्वरको ओमशान्तिचोकस्थित डेरामा केही थान सिलिन्डर फेला परेका थिए।

सांसदको घरमा  सिलिन्डर भेटिएको भन्दै सामाजिक सन्जालमा एउटा भिडियो पोस्ट गरिएको थियो। जसमा नीलो रङका सिलिन्डर देख्नसकिन्छ।

भिडियोमा एक व्यक्ति भन्छन्, ‘सिलिन्डर देखियो घरमा लुकाएर राखेको छ।’

अर्काको आवाज सुनिन्छ- 'को छ यो घरमा? यो सिलिन्डर कसको हो?'

 

‘यो त चाइना सरकारले दिएको, माननीय सांसदले ल्याएको रहेछ,’ अर्का व्यक्तिकाे आवाज सुनिन्छ, ‘यो त चाइना सरकारले दिएको सिलिन्डर होइन र?’ अर्का व्यक्ति बोल्छन्, ‘बानेश्वर प्रहरीलाई खबर गर्नुस् र जफत गर्नुस्।’ ।

सांसद चौधरी आफूमाथि लागेको आरोप स्वीकार्न तयार छैनन्। 'मैले जिल्लामा पठाउन जोहो गरिरहेकी थिएँ। केही मानिसले रिस साध्नका लागि कोठमा छापा मार्न लगाएका हुन्। जनप्रतिनिधि भएकाले मेरो पहिलो दा‍यित्व स्थानीय तहका जनताको मर्म बुझ्नु हो', उनले भनिन्।

आफूले १० थान सिलिन्डर दाङ पठाइसकेको र दुई थान अझै आफ्नो कोठामै रहेको उनले बताइन्। 'अस्ति हामीले १० थान सिलिन्डर ल्यायौं। ठाउँ अभाव भएकाले दुई थान अझै ल्याउन बाँकी छ', उनले भनिन्।

ज्ञानेन्द्र शाही लगायतको समूहले योजनाबद्ध रुपमा आफ्नो कोठामा छापा मारेकाे उनको आरोप छ। उनले आफूले सबै प्रमाण देखाउँदा पछि शाहीले नै पाँच थान सिलिन्डर सहयोग गरेको बताइन्। सरकारकाे बदनाम गराउन विपक्षीहरुले यस्तो षड्यन्त्र गरेको आरोप लगाइन्।

प्रकाशित: May 16, 2021| 05:35 आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।