बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियारले मुद्दा चलाएका नेपाली कांग्रेसका उपसभापति विशेष अदालतमा उपस्थित भएसँगै उनको बयान लिने क्रम सुरु भएको छ।
इंग्ल्यान्डको जितका लागि मंगलबार राति बर्मिङ्घममा भएको खेलमा जेम्स भिनसेन्टले पहिलो अन्तर्राष्ट्रिय सतक प्रहार गरे। त्यससँगै ३३२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले तीन विकेट बचाउँदै पाकिस्तानलाई हरायो।
सर्वोच्च अदालतको फैसलाको स्वागत तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको खुशीयालीमा मंगलबार बेलुका बैतडीमा दीप प्रज्वलन गरिएको छ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका-९ प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण (ब्यारेक)मा आज बिहान नेपाली सेनाका एक सिपालीले आफैंलाई गोली हानी आत्महत्या गरेका छन्।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकटका सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने र पूरै अवधि सरकार चलाउने दाबी गरेका छन्।