शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवा प्रधानमन्त्री भएको भोलिपल्टै अदालतमा हाजिर भएका गच्छदारको बयान जारी 

देउवा प्रधानमन्त्री भएको भोलिपल्टै अदालतमा हाजिर भएका गच्छदारको बयान जारी 

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियारले मुद्दा चलाएका नेपाली कांग्रेसका उपसभापति विशेष अदालतमा उपस्थित भएसँगै उनको बयान लिने क्रम सुरु भएको छ। 
 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

काठमाडौं– बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियारले मुद्दा चलाएका नेपाली कांग्रेसका उपसभापति विशेष अदालतमा उपस्थित भएसँगै उनको बयान लिने क्रम सुरु भएको छ। 

विशेष अदालतमा गच्छदार आज बिहान १० बजे नै उपस्थित भएका थिए। अहिले उनको बयान लिने क्रम भइरहेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए।

‘अहिले बयान लिने क्रम भइरहेको छ। चिया ब्रेक अघि बयान सकियो भने त्यसपछि थुनछेक बहस होला,’उनले भने। 

उनलाई थुनामा राखेर अनुसन्धान गर्ने कि धरौटीमा छाड्ने भन्ने सम्बन्धमा थुनछेकको बहस हुने र त्यसपछि आदेश आउने छ। अभियोग पत्र अदालतमा दायर भएर म्याद तामेल भएको १४ महिनापछि उनी विशेष अदालतमा बयानका लागि उपस्थित भएका हुन् । 

बालुवाटार प्रकरणमा आफूमाथी अन्याय भएको भन्दै जोगाइदिन बारम्बार गच्छदारले देउवालाई आग्रह गर्दै आएका थिए। अहिले देउवा नै प्रधानमन्त्री नियुक्त भएको भोलिपल्ट अदालतमा उपस्थित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएकै भोलिपल्टै गच्छदार विशेष अदालतमा उपस्थित भएका हुन्। उनीविरुद्ध मुद्दा चलेपछि म्याद नबुझेरै अहिलेसम्म उनी भूमिगत जस्तै भएर बसेका थिए। 

अदालतमा सुरुमा सुनसरीमा म्याद तामेल गरेको थियो। त्यहाँ म्याद तामेल भएको अवधिमा पनि अदालतमा उपस्थित नभएपछि दोस्रोपटक गच्छदारको काठमाडौंको स्थायी ठेगानामा म्याद जारी गरेको थियो। त्यति गर्दा पनि उनी उपस्थित नभएपछि विशेष अदालतले सार्वजनिक सूचनासमेत जारी गरेको थियो। त्यती हुँदा पनि उनी अदालतमा उपस्थित हुन इन्कार गर्दै आएका थिए। 

बालुवाटार प्रकरणमा आफूमाथी अन्याय भएको भन्दै जोगाइदिन बारम्बार गच्छदारले देउवालाई आग्रह गर्दै आएका थिए। अहिले देउवा नै प्रधानमन्त्री नियुक्त भएको भोलिपल्ट अदालतमा उपस्थित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। गच्छदारले सरकारी जग्गा व्यक्तिको बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजान विभागीय मन्त्रीको रूपमा गैरकानूनी कार्य गरेको अभियोगपत्रमा उल्लेख छ। ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।

प्रकाशित: Jul 14, 2021| 06:46 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।