काठमाडौं- बालुवाटार जग्गाा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार अदालत हाजिर भएका छन्।
विशेष अदालतमा केहिबेर अघि हाजिर भएका उनको बहस हुनेछ। त्यसअघि थुनछेक हुनेछ।
बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो।
बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा बिक्री प्रकरणमा कांग्रेस उपसभापति गच्छदारसहित १७५ जनाविरुद्ध अख्तियारले २०७६ माघ २२ भ्रष्टाचार मुद्दा दर्ता गराएको थियो। जसमा गच्छदारसहित ३ मन्त्री, अख्तियारसहितका ६ विशिष्ट श्रेणीका पदाधिकारी, कर्मचारी र अन्यसमेत १७५ जना छन्।