शुक्रबार, वैशाख २८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • माधव नेपाल निकट सांसद भन्छन्- देउवालाई विश्वासको मत दिन्छौं, यो सरकार पूरै अवधि चल्छ

माधव नेपाल निकट सांसद भन्छन्- देउवालाई विश्वासको मत दिन्छौं, यो सरकार पूरै अवधि चल्छ

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकटका सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने र पूरै अवधि सरकार चलाउने दाबी गरेका छन्। 
 |  बुधबार, असार ३०, २०७८

बीपी अनमोल

बीपी अनमोल

बुधबार, असार ३०, २०७८

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकटका सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने र पूरै अवधि सरकार चलाउने दाबी गरेका छन्। 

triton college

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशसहित सर्वोच्च अदालतमा दायर गरिएको रिटमा हस्ताक्षर गरेका नेपाल निकट सांसदले प्रतिनिधिसभा र संविधान बचाउनका लागि देउवालाई विश्वासको मत दिनुपर्ने धारणा राखेका हुन्। सांसद मेटमणि चौधरीले देउवाले विश्वासको मत पाउने र उनले नै सरकार पूरै अवधि चलाउने प्रष्ट पारे।

सांसद मेटमणी चौधरीले देउवाले विश्वासको मत पाउने र उनले नै सरकार पूरै अवधि चलाउने प्रष्ट पारे। ‘संसद जोगाउन सके एमालेले निर्णय गरेर सिंगो मत दिन्छ। नभए आफूहरूले मत दिएर भए पनि संसद जोगाउँछौं,’ उनले भने, ‘अदालतले नै ७६(५) मा सांसद स्वतन्त्र हुने र विशेषाधिकार हुने भनिसकेको छ।’

उनले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २३ जना मात्र नभएर त्यो बढी एमाले सांसदले विश्वासको मत दिने दाबी गरे। ‘पार्टी अध्यक्ष ओलीले राम्रो गरेमा एमालेभित्र सहमति बनेर पार्टी मिल्छ। नभए अर्को पार्टी बन्छ,’ उनले भने, ‘त्यसका लागि सरकारले अध्यादेश ल्याएर सहज गर्छ।’

ओलीको नेतृत्वको पार्टी चुनावमा गयो भने पराजय बाहेक केही नहुने भन्दै अब बलियो कम्युनिष्ट पार्टी आवश्यक भइसकेको उनको दाबी छ। ‘ओली बाहेकको ठूलो पार्टी बनाउनुपर्छ त्यसले मात्रै कम्युनिष्ट पार्टी बलियो हुन्छ,’उनी भन्छन्,‘एमाले भएर चुनाव लड्ने अवस्था छैन। एकता भएमा पनि फेस गर्नुपर्यो। ओलीले जे गरेका छन् त्यसको जवाफ त दिनुपर्छ। जनताको घरदैलोमा गएर चुनाव फेस गर्ने अवस्था नै रहँदैन।’

corrent noodles
Metro Mart
‘पार्टी अध्यक्षले संविधान र संसद मास्ने काम गर्नुभयो, त्यसैको विरुद्ध हामीले हस्ताक्षर गरेका थियौं,’ उनी भन्छन्,‘अब अदालतले संसद पुनःस्थापन गरिदिएको छ। सरकार पनि निर्माण भइसकेको छ। फेरी संसद विघटनको स्थिति आउन त दिनुभएन।’ 

दश बुँदे एउटा खेस्रा मात्रै रहेको भन्दै उनले एमाले ब्यँत्याउने कुरा नै त्यसमा उल्लेख नगरिएको उनले बताए। ‘एमाले ब्यूँत्याउने कुरा नगरेर कसरी एमाले हुन्छ र एमाले मिल्न नदिन गरिएको देखिन्छ। यो त ओलीकै पक्षमा छ,’उनले भने।

अर्का एक सांसदले पनि आफूहरूले देउवालाई विश्वासको मत दिने बताए। ‘पार्टी अध्यक्षले संविधान र संसद मास्ने काम गर्नुभयो, त्यसैको विरुद्ध हामीले हस्ताक्षर गरेका थियौं,’ उनी भन्छन्,‘अब अदालतले संसद पुनःस्थापन गरिदिएको छ। सरकार पनि निर्माण भइसकेको छ। फेरी संसद विघटनको स्थिति आउन त दिनुभएन्।’ 

उनले अदालतले नै ७६(५) मा दलीय ह्वीप नलाग्ने फैसला गरिसकेको भन्दै संसदको आयु पुरा कार्यकाल चल्न दिनका लागि देउवालाई विश्वासको मत दिइने प्रष्ट पारे। यद्यपि उनले यसबारेमा आफ्नो समूहको आधिकारिक धारणा बनि नसके पनि संसद जोगाउनकै लागि हस्ताक्षर गरिएको र अब संसद जोगिसकेपछि त्यसलाई बचाउनका लागि पनि विश्वासको मत दिने विकल्प नरहेको उनको भनाइ छ।

प्रधानमन्त्रीमा नियुक्त भएको व्यक्तिले ३० दिनभित्र आफूलाई संसद्‍मा बहुमत सांसद्‍को विश्वासको मत रहेको पुष्टि गर्नुपर्ने संवैधानिक व्यवस्था छ। सर्वोच्चको फैसलापछि देउवा मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।  

प्रकाशित: Jul 14, 2021| 03:51 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।