काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भेटवार्ता गरेका छन्।
नेता नेपाल निवास कोटेश्वर पुगेर श्रेष्ठले बिहान भेटवार्ता गरेका हुन्। भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल केन्द्रीत रहेको बुझिएको छ।