उदयपुर- उदयपुरमा खेतमा काम गर्ने क्रममा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। मंगलबार साँझ त्रियुगा नगरपालिका–३ मुसहरीमा वर्षासँगैको चट्याङबाट ललिता सदा र फूलकुमारी सदाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी वेदप्रसाद गौतमका अनुसार घर नजिकै खेतमा काम गर्ने क्रममा चट्याङ लागेको हो। चट्याङले गम्भीर घाइते भएका उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल गाईघाट लगिएकामा ज्यान गएको हो।