मंगलबार, माघ ६, २०८२

यस्तो अवस्था आउँछ होला भनेर कहिल्यै सोचिनँ : भिनसेन्ट

इंग्ल्यान्डको जितका लागि मंगलबार राति बर्मिङ्घममा भएको खेलमा जेम्स भिनसेन्टले पहिलो अन्तर्राष्ट्रिय सतक प्रहार गरे। त्यससँगै ३३२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले तीन विकेट बचाउँदै पाकिस्तानलाई हरायो।
 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

काठमाडौं– इंग्ल्यान्डको जितका लागि मंगलबार राति बर्मिङ्घममा भएको खेलमा जेम्स भिनसेन्टले पहिलो अन्तर्राष्ट्रिय सतक प्रहार गरे। त्यससँगै ३३२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले तीन विकेट बचाउँदै पाकिस्तानलाई हरायो।

National life

त्यो जितसँगै तीन खेलको सिरिजमा इंग्ल्यान्डले पाकिस्तानविरुद्ध क्लिन स्विप गरेको छ। यता पकिस्तानका कप्तान बाबार अजामले पाकिस्तानका लागि १५८ रन हानेपछि पाहुना टिमले ९ विकेट गुमाउँदै ३३१ रन बनाएको थियो।

यता भिनसेन्टले भने पछिल्ला खेलमा लगातार उस्र्त प्रदर्शन नगरेको भन्दै आलोचना भइरहेको थियो। त्यसमाथि तेस्रो खेलको २४ ओभर सकिँदा पनि इंग्ल्यान्ड पाँच विकेट गुमाएर १६५ रन बनाएको थियो।

तर ९५ बलमा १०२ रन बनाउँदै भिनसेन्टले इंग्ल्यान्डलाई जिताए। ‘मलाई थाहा थिएन कि यो समय आउनेछ,’ भिनसेन्टले जितपछि भने, ‘पछिल्लो समयमा त म टिममा पर्छु होला भन्ने पनि लागेको थिएन। तर पनि मैले गिभअप गरिनँ। तर यसले मेरो आत्मविश्वास बढाएको छ। र, अरु साथीहरुको पनि आत्मविश्वास बढेको छ। त्यसैले ड्रेसिङ रुमका अन्य खेलाडीलाई पनि थाहा भयो कि म मैदानमा केहि गर्न सक्षम छु।’

प्रकाशित: Jul 14, 2021| 06:12 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।