शुक्रबार, भदौ ५, २०८३

कैलालीबाट पाटे बाघको छालासहित दुई जना पक्राउ

पाटे बाघको छालासहित कैलालीबाट दुई जना पक्राउ परेका छन्।
 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

धनगढी- पाटे बाघको छालासहित कैलालीबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको मोहन्याल गाउँपालिका-५ सालघारीका ५२ वर्षीय पूर्णबहादुर बुढामगर र लम्कीचुहा नगरपालिका-१ लम्की बसपार्कका ३० वर्षीय लोकबहादुर सिजापती (मगर) रहेको प्रहरीले जनाएको छ। 

उनीहरूलाई गौरीगंगा नगरपालिका-७ मट्कौनास्थित सिंहासन सामुदायिक वन उपभोक्ता समितिको भवन अगाडि सडकखण्डबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए। 

पाटे बाघको छालाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, अपराध अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले बाघको छालासहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए। 

उनीहरूको साथबाट टाउकोदेखि पुच्छरको १० फिट लम्बाई र ६ फिट ७ इन्च चौडाई भएको पाटे बाघको छाला बरामद भएको बिष्टले बताए।

प्रकाशित: Jul 14, 2021| 04:01 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।