शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'रअ'सँग भेट गर्‍यो भनेर मेरो आदर्शमाथि आक्रमण गर्न खोजियो : भीम रावल

'रअ'सँग भेट गर्‍यो भनेर मेरो आदर्शमाथि आक्रमण गर्न खोजियो : भीम रावल

एमाले नेता भीम रावलले भारतीय गुप्तचर संस्था 'रअ'का प्रतिनिधिसँग भेट गरेको भनि आफूविरुद्ध भ्रम फैलाइएको बताएका छन्।
 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

काठमाडौं- एमाले नेता भीम रावलले भारतीय गुप्तचर संस्था 'रअ'का प्रतिनिधिसँग भेट गरेको भनि आफूविरुद्ध भ्रम फैलाइएको बताएका छन्। यही २० गते आफूविरुद्ध भ्रमपूर्ण समाचार प्रकाशित भएको भन्दै उनले आपत्ति जनाएका हुन्।

एक विज्ञप्ति जारी गर्दै नेता रावलले २० गते साँझ ८ बजेदेखि ९ बजेबीच होटल मेरियटमा आफूलाई जोडेर रअ प्रतिनिधिसँग भेट गरेको भ्रम फैलाइएको उनले बताएका छन्।

'त्यो दिन साँझ ६ बजे म र रघुजी पन्त माधवकुमार नेपालजीको निवासमा थियौं। त्यही बेला विष्णुजीले फोन गर्दै प्रधानमन्त्रीले बालुवाटारमा भेट्न खोज्नु भएको कुरा गर्नु भयो। उहाँले ७ बजे आउन भन्नु भयो। कोटेश्वरबाट निस्कदा सवा ६ बजिसकेको थियो। म घर टोखा पुगेर खाना खाँदा ८ बजिसकेको थियो। बालुवाटार पुग्दा सवा ८ भएछ। यही तथ्यलाई बंग्याएको हो', उनले भने। उनले यस्तो गरेर आफ्नो देशभक्ति र जनताप्रतिको समर्पित जीवन आदर्शमाथि आक्रमण घृणित प्रपञ्च गरिएको आरोप लगाएका छन्।

यस्तो छ भीम रावलले जारी गरेको पत्र

प्रकाशित: Jul 14, 2021| 05:36 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।