काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटन् पार्टी उपाध्यक्ष वामदेव गौतम कोटेश्वर पुगेका छन्। केहीबेर अघि नेपाल निवास कोटेश्वर पुगेका नेता गौतम र नेपालबीच अहिले भेटवार्ता भइरहेको छ।
नेपाल निकट स्रोतका अनुसार सर्वोच्च अदालतको फैसलापछिको अवस्था र पार्टी विवाद समाधानका लागि कार्यदलले गरेको दश बुँदे सहमतिका विषयमा दुईजनाबीच छलफल भइरहेको हो।