नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न पुगेका छन्। कोटेश्वरस्थित नेता नेपालको निवासमा अहिले भेटवार्ता जारी छ।
नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ। सरकारमा सहभागी हुने मन्त्रीहरूको बारेमा टुंगो लगाउने नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको हो।
रामकृष्ण परमहंस र विवेकानन्दको सम्बन्ध अद्भूत थियो। सुरुमा विवेकानन्दलाई रामकृष्णको आधात्मिक कुरामा विश्वास थिएन। विवेकानन्द आधुनिक वैज्ञानिक शिक्षा पद्धतिबाट गुज्रेका नवयुवा थिए।
वेस्ट इन्डिज भ्रमणमा रहेको पाकिस्तानी टिमले टी-२० शृंखलाको दोस्रो खेलमा जित निकालेको छ। वेस्ट इन्डिजको गुएनास्थित प्रदेशिक रंगशालामा भएको खेलमा पाकिस्तानले घरेलु टिमलाई ७ रनले पराजित गरेको हो।
मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ। रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति १२:४० मा भवन ढलेर बगाएको जानकारी दिएका छन्।
देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ निर्वाचित भएका छन्। जुलाई ३१ शनिबार सम्पन्न निर्वाचनमा सन् २०२१ देखि २०२३ सम्मको कार्यकालका लागि गुरुङ अध्यक्षमा विजयी भएका हुन्।