आइतबार, चैत ८, २०८२

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल

जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना संक्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ।
 |  आइतबार, साउन १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १७, २०७८

उदयपुर- जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना संक्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ। वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना संक्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो।

National life

संक्रमण तीव्र बनेपछि शनिबार रातिदेखि गाउँ सिल गरिएको छ। पन्ध्र दिनदेखि खैजनपुरका गाउँलेमा रुघाखोकी र ज्वरो आउने क्रम सुरु भएर बढ्दै गएसँगै पाँच दर्जनभन्दा बढी गाउँले संक्रमित भएपछि शनिबार रातिदेखि यही साउन २४ गतेसम्मका लागि पूरै गाउँ सिल गरिएको वडाध्यक्ष खत्रीले बताए।

स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार जिल्लामा १० दिन अघिसम्म पनि कोरोना संक्रमण घट्दो दरमा थियो। एक हप्तायता पुनः संक्रमण बढ्न थालेको उनले बताए। खैजनपुरमा संक्रमण पुनः बढ्न थालेका कारण आइतबार बिहानदेखि स्वास्थ्यकर्मीको टोली परिचालन गरेर सबै गाउँलेको पीसीआर र एन्टिजेन परीक्षण सुरु गर्न लागिएको स्वास्थ्य कार्यलयका प्रमुख सुवेदीले बताए।

संक्रमण फैलन थालेपछि खैजनपुरका दक्षिण–पूर्वको भूभाग जोगीदहसम्म र पश्चिम भुल्केसम्म र उत्तर त्रियुगा नदी किनारसम्मको क्षेत्रमा सिल गरिएको छ। गाउँ सिल गरेसँगै बिहान ७ देखि ९ बजेसम्म मात्र दैनिक उपभोग्य वस्तुका सामान्य पसल खोल्न अनुमति प्रदान गरिएको र सो समयबाहेकका समय पूर्णरूपमा लकडाउन गरिएको वडाध्यक्ष खत्रीले जानकारी दिए। रासस

प्रकाशित: Aug 01, 2021| 08:25 आइतबार, साउन १७, २०७८
प्रतिक्रिया दिनुहोस्