बिहीबार, भदौ ४, २०८३

‘जीवन बाँच मात्र, व्याख्या नगर’

रामकृष्ण परमहंस र विवेकानन्दको सम्बन्ध अद्भूत थियो। सुरुमा विवेकानन्दलाई रामकृष्णको आधात्मिक कुरामा विश्वास थिएन। विवेकानन्द आधुनिक वैज्ञानिक शिक्षा पद्धतिबाट गुज्रेका नवयुवा थिए।
 |  आइतबार, साउन १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १७, २०७८

काठमाडौं- रामकृष्ण परमहंस र विवेकानन्दको सम्बन्ध अद्भूत थियो। सुरुमा विवेकानन्दलाई रामकृष्णको आधात्मिक कुरामा विश्वास थिएन। विवेकानन्द आधुनिक वैज्ञानिक शिक्षा पद्धतिबाट गुज्रेका नवयुवा थिए। उनलाई लाग्थ्यो जे हुन्छ भनिन्छ, त्यसको प्रमाण हुनुपर्छ। उनी विवेकानन्द त पछि भएका हुन्, पहिला त उनी नरेन्द्रनाथ दत्त नै थिए।

उता रामकृष्णले विवेकानन्दमा कान्तिमय, उर्जावान्, निष्कपट आत्माको झल्को पाएका थिए। वास्तवमा रामकृष्णले विवेकानन्दलाई पहिलो पटक देखेपछि नै उनको निश्चलताको आभाष पाएर त्यसमा रमाउन थालिसकेको थिए।

रामकृष्ण र विवेकानन्दबीच भएको जीवनसम्बन्धि वार्ता :

विवेकानन्द : जीवन किन यति जटिल छ?

रामकृष्ण : जीवनलाई विश्लेषण गर्ने काम नगर। विश्लेषण गर्नाले जीवन झन् जटिल बन्न पुग्छ। जीवन बाँच मात्र, व्याख्या नगर।

विवेकानन्द : किन हामी सधैं दुःखी हुन्छौं?

रामकृष्ण : चिन्ता गर्ने तिम्रो बानी भइसक्यो यसैकारण तिमी खुसी हुन सकिरहेका छैनौं।

विवेकानन्द : किन असल मान्छेले सधैं दुःख पाउँछन्?

रामकृष्ण : हिरा धेरै घोटेपछि मात्रै चम्किन्छ। सुनलाई शुद्ध पार्न पनि आगोमा पोल्नुपर्छ, धेरै खार्नुपर्छ। असल मानिसहरूले परीक्षाबाट गुज्रन्छन्, तर त्यसबाट आहात हुँदैनन्। त्यस्ता अनुभवबाट उनीहरूको जीवन अझ राम्रो हुन्छ, अनुभवहरु त्यसै खेर जाँदैनन्।

विवेकानन्द : तपाईंको तात्पर्य त्यस्ता अनुभव उपयोगी हुन्छन्?

रामकृष्ण : हो, हरेक कोणबाट त्यस्ता अनुभव एउटा कठोर शिक्षकजस्तै हुन्। उनी पहिला परीक्षा लिन्छिन् र पछि शिक्षा दिन्छिन्।

विवेकानन्द : अनेकौं समस्याहरुले गर्दा हामीलाई आफू कता गइरहेको छु भन्ने पत्तो हुँदैन।

रामकृष्ण : यदि तिमी बाहिरी दुनियातिर मात्र हेर्छौ भने कहाँ जाँदैछौ भन्ने थाहा पाउँदैनौ। आपूmभित्र हेर। आँखाले दृष्टि दिन्छ। हृदयले बाटो देखाउँछ।

विवेकानन्द : के सही बाटोमा हिँड्नुभन्दा असफलता बढी पीडादायी हुन्छ?

रामकृष्ण : सफलता त्यो मानक हो जो अरू मानिसले निर्धारण गर्छन्। सन्तुष्टिको मानक तिमी आफैंले निर्धारण गर्ने हो।

विवेकानन्द : गाह्रो परेका बेलामा पनि उत्साह जोगाइराख्ने उपाय के होला?

रामकृष्ण : सधैं अझै कति हिँड्न बाँकी होला भन्ने होइन कि अहिलेसम्म कति हिँडे भन्नेमा ध्यान देऊ। जेजति पाइएको छ त्यसको हिसाब गर, जे पाइएन त्यसको होइन।

विवेकानन्द : मानिसहरूको कुन कुराले तपाईंलाई आश्चर्य लाग्छ?

रामकृष्ण : मानिसहरु कष्टमा परेको बेला ‘म नै किन?’ भन्ने प्रश्न गर्छन् तर सुखका बेलामा ‘म नै किन?’ भनेर कसैले सोध्दैन।

विवेकानन्द : कसरी मैले आफ्नो जीवनमा सर्वोत्तम प्राप्त गर्न सक्छु?

रामकृष्ण : पश्चात्तापबीना आफ्नो अतीतको सामना गर। आत्मविश्वासका साथ आफ्नो वर्तमानलाई सम्हाल। र, निडर भएर भविष्यको तयारी गर।

विवेकानन्द : अन्तिम प्रश्न, कहिलेकाहीँ मलाई लाग्छ मेरा सारा प्रार्थनाहरू बेकार गइरहेका छन्।

रामकृष्ण : कुनै पनि प्रार्थना बेकार जाँदैन। आफ्नो आस्था जोगाइराख र डरलाई त्यागिदेउ। जीवन एउटा रहस्य हो, जसको तिमीले खोज गर्नु छ। जीवन हल गर्नुपर्ने समस्या होइन। विश्वास गर तिमीले बाँच्ने तरिका जान्यौ भने जीवन साँच्चिकै आश्चर्यजनक छ।


प्रकाशित: Aug 01, 2021| 09:20 आइतबार, साउन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।