बुधबार, असार २४, २०८३

टोक्यो ओलम्पिक : यस्तो छ फुटबलको सेमिफाइनल समिकरण

टोक्यो ओलम्पिक २०२० फुटबलअन्तर्गत महिला र पुरुषतर्फको क्वार्टरफाइनल सकिएको छ।
 |  आइतबार, साउन १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १७, २०७८

काठमाडौं- टोक्यो ओलम्पिक २०२० फुटबलअन्तर्गत महिला र पुरुषतर्फको क्वार्टरफाइनल सकिएको छ। महिलातर्फको क्वार्टरफाइनल जुलाई ३० मा सकिएको हो भने पुरुषतर्फको अन्तिम ८ को खेल जुलाई ३१ मा सकिएको हो।

महिलातर्फको खेलक्वार्टर फाइनलबाट जित निकाल्दै संयुक्त राज्य अमेरिका, क्यानडा, अष्ट्रेलिया र स्विडेन अन्तिम चारमा प्रवेश गरेका हुन्।

अबको सोमबार दिउँदो पौने २ बजे हुने पहिलो सेमिफाइनल खेलमा अमेरिकाले क्यानडाको सामना गर्नेछ। त्यस्तै सोमबार दिउँसो नै पौने पाँचबाट सुरु हुने दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाले स्विडेनसँग खेल्नेछ। फाइनल खेल भने अगस्त ६ मा हुनेछ।

त्यस्तै, पुरुषतर्फको क्वार्टरफाइनलबाट जित निकाल्दै मेक्सिको, ब्राजिल, जापान र स्पेन अन्तिम चारमा पुगेका छन्।

अब अन्तिम चारको पहिलो खेलमा मेक्सिकोले ब्राजिलको सामना गर्नेछ। त्यस्तै, आयोजक राष्ट्र जापाले स्पेनको सामना गर्नेछ। पुरुषतर्फको फाइनल खेल अगस्त ७ मा हुनेछ।


प्रकाशित: Aug 01, 2021| 09:10 आइतबार, साउन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।