काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ। केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव शेरबहादुर तामाङ्गका अनुसार दिउँसो ३ बजे च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बोलाइएको छ।
आजको बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ। एमाले विवाद समाधानका लागि भन्दै विघटित कार्यदलका सदस्यहरूले छलफल जारी राखेका बेला हिजोको बैठक भने स्थगित गरिएको थियो।
असार २७ गते कार्यदलले १० बुँदे सहमति गरे पनि त्यसको कार्यान्वयनमा असन्तुष्ट नेता माधवकुमार नेपाल राजी नभएपछि एकता प्रक्रियाले गति लिन सकेको छैन। संस्थापन पक्षले भने केन्द्रीय कमिटीको बैठक राखेर नै उक्त सहमति अनुमोदन गरिसकेको छ।
आजको स्थायी कमिटी बैठक विधान महाधिवेशनको तयारी,केन्द्रीय विभागहरु गठन र सदस्यता नविकरण लगायतका सांगठनिक विषयमा केन्द्रित हुने छ।