बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मेलम्चीमा फेरि बाढी : सीडीओ भन्छन्- पानीसँगै लेदो बगिरहेको छ, जनतालाई सुरक्षित स्थानमा सारिसक्यौं

मेलम्चीमा फेरि बाढी : सीडीओ भन्छन्- पानीसँगै लेदो बगिरहेको छ, जनतालाई सुरक्षित स्थानमा सारिसक्यौं

मेलम्चीमा फेरि बाढी आएको छ। असार १ गते झै हेलम्बु क्षेत्रमा एक्कासी ठूलो बाढी आएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए।
 |  आइतबार, साउन १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १७, २०७८

काठमाडौं– मेलम्चीमा फेरि बाढी आएको छ। असार १ गते झै हेलम्बु क्षेत्रमा एक्कासी ठूलो बाढी आएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए।

उनले अहिले पनि पानीसँगै माटोको लेदो बगिरहेको बताए। सामान्य वर्षामा पनि बाढी आएकाले चनौते भन्दा माथिको क्षेत्रमा पहिरो खसेर नदी थुनिएपछि फेरि बाढी आएको हुनसक्ने पोखरेलको भनाइ छर

'चनौते भन्दा माथि पुग्न निकै गाह्रो छ। त्यहाँ हेलिकप्टरबाट मात्रै हो अनुगमन गर्ने। हामीले त्यहि क्षेत्रमा नदी थुनिएर बाढी आएको आशंका गरेका छौं। बाढी आएसँगै तटीय क्षेत्रका सबै जनतालाई सुरक्षित स्थानमा लगिसकेका छौं', उनले भने। 

असार १ मा बाढीले क्षति पुर्‍याएको हेलम्बु क्षेत्रमा शनिबार राति परेको वर्षापछि फेरी बाढी आएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पनि मेलम्ची खोला र इन्द्रावती नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको जनाएको छ। 

प्रहरीका अनुसार अनुसार बहाव एक्कासी बढेपछि साइरन बजाएर तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइएको छ।  उनले नचौटे क्षेत्रमा हेलिकप्टर पठाउने तयारी भइरहेको र यसबारे गृहमन्त्रालयलाई समेत जानकारी गराइने बताए।

बाढी आएसँगै स्थानीय भने त्रसित छन्। साबिकको भन्दा १०औं गुना बढी पानी बगिरहेको तेर्से माविका प्रधानाध्यापक कृष्ण ढुंगानाले बताए। तालामाराङ बजारमा रहेका उनले भने, ‘पानीको बहाव असार १ को भन्दा उच्च छ। असार १ गतेको लेदो बढी थियो भने अहिले पानीको मात्रा बढी रहेको छ।’

बाढीले ठूलाठूला काठ र रुखै बगाएर ल्याइरहेको उनले बताए। उनले भने, 'धुवाँ छुटिरहेको छ, वारिदेखि पारिसम्म पानीको सतह बढेको छ। चिसो पनि असाध्यै बढेको छ भने बालुवाको गन्ध धेरै छ।’प्रहरीले तटवर्ती क्षेत्रका मेलम्ची, बाहुनेपाटी, सिपाघाट, दोलालघाटका बासिन्दालाई सुरक्षित रहन अपिल गरेको छ।

प्रकाशित: Aug 01, 2021| 07:40 आइतबार, साउन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।