बिहीबार, जेठ २१, २०८३

कर्णालीमा कोरोना जोखिम बढ्यो, हप्ता दिनमै थपिए ४४० संक्रमित

कर्णाली प्रदेशमा पुनः कोरोना संक्रमण पढेको छ। पछिल्लो एक हप्तामा मात्रै साढे चार सय संक्रमित थपिएका हुन्।
 |  आइतबार, साउन १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १७, २०७८

सुर्खेत- कर्णाली प्रदेशमा पुनः कोरोना संक्रमण पढेको छ। पछिल्लो एक हप्तामा मात्रै साढे चार सय संक्रमित थपिएका हुन्। 

National life

साउन १० गतेदेखि १६ गतेसम्म कूल ४४० जना संक्रमति थपिएका छन्। तथ्याङ्क अनुसार साउन १० गते २१ जना, ११ गते ६८ जना, १२ गते ४२ जना, १३ गते ६१ जना, १४ गते ९४ जना, १५ गते ७० जना र १६ गते ८४ जना संक्रमित भएका हुन्।

दश जिल्ला मध्ये सुर्खेतमा सबैभन्दा धेरै संक्रमण फैलिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। कूल संक्रमितमध्ये सुर्खेतको वीरेन्द्रनगरमा मात्रै २०२ जना सक्रिय संक्रमित रहेको निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जनाए।

संक्रमण बढेपछि आज (आइतबार)देखि निषेध आदेशमा कडाई गरिएको छ। आजदेखि वीरेन्द्रनगर बजारक्षेत्र समयावधि निर्धारण खुल्ला गरिएको छ। जसअनुसार खाद्यान्न पसल बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म मात्रै खोल्न पाइने भएको छ। तर, तरकारी फलफूल, दुग्धजन्य पदार्थ पसल पनि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइने छ।

त्यस्तै सार्वजनिक सेवा प्रवाह गर्ने र विकास निर्माणसँग सम्बन्धित कार्यालयहरूले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्ने, होटल तथा रेस्टुरेन्टमा कूल क्षमताको ५० प्रतिशत नबढ्ने गरी सञ्चालन गर्ने गरी खुकुलो मापदण्ड बनाएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जनाए। 

Shivam cement

स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, इन्धन, खानेपानी, सार्वजनिक तथा वित्तीय निर्माण कम्पनीसम्बन्धी कार्यहरू, बैंक तथा वित्तीय संस्थाहरूलाई निर्वाध सञ्चालन गर्न दिएको छ।

प्रकाशित: Aug 01, 2021| 09:45 आइतबार, साउन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।