आइतबार, चैत ८, २०८२

बूढानीलकण्ठ स्कुलमा छात्रवृत्तिमा ५ र ६ कक्षाका ४० विद्यार्थीका लागि आवेदन खुल्यो

बूढानीलकण्ठ स्कुलले छात्रवृत्तिका लागि साझेदारी कार्यक्रमअन्तर्गत खुला २० र आरक्षण २० गरी ४० सिटका लागि छात्रवृत्ति उपलव्ध गराउने भएको छ।
 |  आइतबार, साउन १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १७, २०७८

काठमाडौं- बूढानीलकण्ठ स्कुलले छात्रवृत्तिका लागि साझेदारी कार्यक्रमअन्तर्गत खुला २० र आरक्षण २० गरी ४० सिटका लागि छात्रवृत्ति उपलव्ध गराउने भएको छ।

National life

स्कूलले सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई निःशुल्क वा सहुलियत शुल्कमा अध्यापन गराउनका लागि छात्रवृत्ति परीक्षा सञ्चालन गरेर छनोट गर्ने जनाएको हो।

गत वर्ष कोभिड -१९ का कारण छात्रवृत्ति परीक्षा हुन नसके पनि यस वर्ष कक्षा ६ देखि अध्ययनका लागि वि.सं. २०६६ वा २०६७ सालमा जन्म भई कम्तीमा ३ वर्ष अगाडिदेखि स्थानीय सामुदायिक विद्यालयमा नियमितरूपमा अध्ययन गरेका शैक्षिक सत्र २०७७ मा कक्षा ५ मा अध्ययन गरेका छात्र-छात्रामध्येबाट खुला प्रतियोगितात्मक परीक्षाबाट छनोट गरिने भएको हो।

छात्रवृत्ति परीक्षा साउन ३० गते बिहान ११ बजेदेखि सञ्चालन गरिने भएको छ। 

कक्षा ५ को छात्रवृत्तिमा सहभागी हुन कक्षा ३ र ४ को नेपाली, अंग्र्रेजी, गणित, विज्ञान, सामाजिक शिक्षा र सामान्य ज्ञान (४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत) पाठ्यक्रम तोकिएको छ। यस्तै कक्षा ६ को छात्रवृत्ति परीक्षामा सहभागी हुन कक्षा ४ र ५ को नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक शिक्षा र सामान्य ज्ञान (४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत) परीक्षामा सहभागि हुनुपर्ने हुन्छ।

Laxmi sunrise bank
kumari

विद्यार्थीले विद्यालयको वेवसाइटबाट डाउनलोड गरेर दरखास्त फाराम भरी आवश्यक कागजातसहित आपूmलाई पायक पर्ने परीक्षा केन्द्रमा बुझाउन विद्यालयले सूचित गरेको छ।

छात्तवृत्तिका लागि इलाम, विराटनगर (मोरङ), हिले (धनकुटा), गाईघाट (उदयपुर), राजविराज, जनकपुर, लालबन्दी, कलैया, खुर्कोट (सिन्धुली), दोलालघाट (काभ्रे), बूढानीलकण्ठ स्कुल (काठमाडौं), हेटौडा (मकवानपुर), गोरखा, बेसीसहर (लम्जुङ), पोखरा (कास्की), बेनी, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत (वीरेन्द्रनगर), रुकुमपश्चिम (चौरजहारी), जुम्ला, कैलाली (अत्तरिया) र डडेलधुरामा परीक्षा केन्द्र तोकिएको छ।

छात्रवृत्तिका लागि आरक्षण कोटाभित्र लोपोन्मोख -२, दलित ४, मुस्लिम -१, मधेसी- ४, आदिवासी/जनजाति -५, पिछडिएको क्षेत्र-२ र द्वन्द्वपीडित-२ जनाको सिट तोकिएको छ।

यस्तै विद्यालयले बूढानीलकण्ठ नगरपालिकाभित्रका १ जना छात्र र १ जना छात्रालाई पनि प्रत्यक वर्ष छात्रवृत्ति प्रदान गर्दै आएको छ।


प्रकाशित: Aug 01, 2021| 14:33 आइतबार, साउन १७, २०७८
प्रतिक्रिया दिनुहोस्