बिहीबार, भदौ ४, २०८३

कृषि सचिव कार्कीले पाए अवकाश

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले अवकाश पाएका छन्।
 |  आइतबार, साउन १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १७, २०७८

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले अवकाश पाएका छन्। झण्डै तीन दशक कृषि क्षेत्रमा बिताएका कार्की ०५० सालमा राजपत्रांकित तृतिय (अधिकृत तह)बाट कृषि सेवामा प्रवेश गरेका थिए।

शाखा अधिकृतदेखि सचिवसम्म आइपुग्दा उनले पूरै अवधि कृषि  मन्त्रालय तथा मन्त्रालय मातहतकै निकायहरुमा  बिताएका छन्। अवकाश पाउँदै गर्दा उनले सेवा अवधिभर कृषिमै काम गर्न पाएकोमा सन्तुष्टि व्यक्त गरे।

आफूले गरेका कामको बारेमा कार्यक्रम आयोजना गरेर लिखित रुपमै सार्वजनिक गर्ने उनले सुनाए। ’अवकाशपछि पनि पनि कृषि क्षेत्रमै हुन्छु। आफूले आर्जन गरेको विज्ञता देशकै लागि प्रयोग गर्छु। कृषि क्षेत्रमा जनचेतना जगाउने काममा लाग्छु,’ कार्कीले भने।

प्रकाशित: Aug 01, 2021| 11:30 आइतबार, साउन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।