शुक्रबार, भदौ १९, २०८३

दोस्रो टि-२० मा पाकिस्तानको जित

वेस्ट इन्डिज भ्रमणमा रहेको पाकिस्तानी टिमले टी-२० शृंखलाको दोस्रो खेलमा जित निकालेको छ। वेस्ट इन्डिजको गुएनास्थित प्रदेशिक रंगशालामा भएको खेलमा पाकिस्तानले घरेलु टिमलाई ७ रनले पराजित गरेको हो।
 |  आइतबार, साउन १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १७, २०७८

काठमाडौं- वेस्ट इन्डिज भ्रमणमा रहेको पाकिस्तानी टिमले टी-२० शृंखलाको दोस्रो खेलमा जित निकालेको छ। वेस्ट इन्डिजको गुएनास्थित प्रदेशिक रंगशालामा भएको खेलमा पाकिस्तानले घरेलु टिमलाई ७ रनले पराजित गरेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभर खेल्दै सात विकेट गुमाएर १५७ रन बनाएको थियो। जवाफी ब्याटिङमा घरेलु टोलीले पुरा ओभर खेल्दै चार विकेटको क्षतिमा १५० रन मात्र बनाउन सकेपछि पाकिस्तानले जित निकालेको थियो।

पाकिस्तानको जितका लागि कप्तान बाबजर अजामले ५१ रनको अर्धसतकिय पारी खेले भने मोहम्मद रिवनले ४६ रन जोडे। यता वेस्ट इन्डिजका जेसन होल्डरले चार र ड्वेन ब्रोभोले दुई विकेट गिराए।

जवाफी ब्याटिङमा निकोलस पुरनले ६२ रन बनाए पनि लक्ष्य पुरा गर्न सकेनन्। वेस्ट इन्डिजलाई लक्ष्य पुरा गर्न नदिन पाकिस्तानका मोहम्मद अफिज, शाहिन अफ्रिदी, हसन अली र मोहम्मद वासिमले समान १–१ विकेट गिराए।

चार ओभर बलिङको जिम्मेवारी पाएका हफिजले १ दशमलव ५ को इकोनोमि राखेका थिए।

यता पहिलो खेल नजिताविहिन बनेको सिरिजअन्तर्गत तेस्रो टी-२० आज हुँदैछ भने टी-२० सिरिजको अन्तिम खेल अगस्त ३ मा हुनेछ। त्यसपछि पाकिस्तान र वेस्ट इन्डिजबीच दुई खेलको टेस्ट पनि हुनेछ।

प्रकाशित: Aug 01, 2021| 08:30 आइतबार, साउन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।