काठमाडौं- वेस्ट इन्डिज भ्रमणमा रहेको पाकिस्तानी टिमले टी-२० शृंखलाको दोस्रो खेलमा जित निकालेको छ। वेस्ट इन्डिजको गुएनास्थित प्रदेशिक रंगशालामा भएको खेलमा पाकिस्तानले घरेलु टिमलाई ७ रनले पराजित गरेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभर खेल्दै सात विकेट गुमाएर १५७ रन बनाएको थियो। जवाफी ब्याटिङमा घरेलु टोलीले पुरा ओभर खेल्दै चार विकेटको क्षतिमा १५० रन मात्र बनाउन सकेपछि पाकिस्तानले जित निकालेको थियो।
पाकिस्तानको जितका लागि कप्तान बाबजर अजामले ५१ रनको अर्धसतकिय पारी खेले भने मोहम्मद रिवनले ४६ रन जोडे। यता वेस्ट इन्डिजका जेसन होल्डरले चार र ड्वेन ब्रोभोले दुई विकेट गिराए।
जवाफी ब्याटिङमा निकोलस पुरनले ६२ रन बनाए पनि लक्ष्य पुरा गर्न सकेनन्। वेस्ट इन्डिजलाई लक्ष्य पुरा गर्न नदिन पाकिस्तानका मोहम्मद अफिज, शाहिन अफ्रिदी, हसन अली र मोहम्मद वासिमले समान १–१ विकेट गिराए।
चार ओभर बलिङको जिम्मेवारी पाएका हफिजले १ दशमलव ५ को इकोनोमि राखेका थिए।
यता पहिलो खेल नजिताविहिन बनेको सिरिजअन्तर्गत तेस्रो टी-२० आज हुँदैछ भने टी-२० सिरिजको अन्तिम खेल अगस्त ३ मा हुनेछ। त्यसपछि पाकिस्तान र वेस्ट इन्डिजबीच दुई खेलको टेस्ट पनि हुनेछ।