आइतबार, असोज १८, २०८३

अर्याल र भण्डारीलाई उछिन्दै अर्थसचिवमा मरासिनी

सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई नियुक्त गरेको छ। महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थमा ल्याइएको हो।
 |  आइतबार, साउन १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १७, २०७८

काठमाडौं– सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई नियुक्त गरेको छ। महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थमा ल्याइएको हो। अर्थका सचिव शिशिरकुमार ढुंगानालाई अर्थ मन्त्रालयमा पठाइएको छ। 

मरासिनीले अर्थ मन्त्रालयको बजेट महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा नेतृत्व गरिसकेका छन्। हुलाकबाट निजामती सेवामा प्रवेश गरेका मरासिनी केही समयभित्रै राजस्व सेवामा प्रवेश गरेका हुन्। उनी २५ वर्षदेखि अर्थ मन्त्रालय अन्तर्गत सेवारत छन्। 

मरासिनीले अष्ट्रेलियन नेशनल युनिभर्सिटी (एनयू) बाट अन्तर्राष्ट्रिय विकास अर्थशास्त्रमा स्नातकोत्तर र जनप्रशासनमा स्नातकोत्तर गरेका छन्। कानुनमा स्नातक र अमेरिकाको हावर्ड विश्वविद्यालयबाट एक्जुकेटिभ एजुकेशन गरेका छन्। उनी न्युयोर्कका महावाणिज्यदूतसमेत भइसकेका छन्। 

अर्थ सचिवको दौडमा वैकुण्ठ अर्याल र केवलप्रसाद भण्डारी पनि थिए। 

सरकारले अर्थ मन्त्रालयको राजस्व सचिवबारे कुनै निर्णय गरेको छैन। राजस्व सचिव रामशरण पुडासैनीले साउन २१ गते उमेर हदका कारण अवकाश पाउँदैछन्।

प्रकाशित: Aug 01, 2021| 13:57 आइतबार, साउन १७, २०७८
प्रतिक्रिया दिनुहोस्