आइतबार, असोज १८, २०८३

एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा गुरुङ निर्वाचित

एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ निर्वाचित भएका छन्। जुलाई ३१ शनिबार सम्पन्न निर्वाचनमा सन् २०२१ देखि २०२३ सम्मको कार्यकालका लागि गुरुङ अध्यक्षमा विजयी भएका हुन्।
 |  आइतबार, साउन १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १७, २०७८

सिड्नी- एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ निर्वाचित भएका छन्। जुलाई ३१ शनिबार सम्पन्न निर्वाचनमा सन् २०२१ देखि २०२३ सम्मको कार्यकालका लागि गुरुङ अध्यक्षमा विजयी भएका हुन्। 

८ हजार ५ सय ८३ मत प्राप्त गर्दै गुरुङ विजयी भएका हुन्। उनका उनका प्रतिस्पर्धी डा. ज्ञानेन्द्र रेग्मीले ४ हजार ८ सय ७९ मत प्राप्त गरेका छन्।

त्यसैगरी राष्ट्रिय समन्वय समितिको महासचिवमा राजुबाबु अधिकारी, सचिवमा सन्ध्या (सविता) शाह, कोषाध्यक्षमा अनिल पोखरेल (निर्विरोध) र संयुक्त कोषाध्यक्षमा राजकुमार नगरकोटी निर्वाचित भएका छन्।

युवा संयोजकमा बबिन मिश्र तथा युवा उपसंयोजकमा चन्द्रप्रसाद तिवारी (निर्विरोध) निर्वाचित भएका छन्। महिला संयोजकमा मञ्जु खड्का विजयी भएकी छन्।

निर्वाचनमा अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यहरूमा बुद्धि डल्लाकोटी, परशुराम अधिकारी, प्रज्वल भट्टराई, सूर्य आचार्य, परेशराज घिमिरे, राजेश बुढाथोकी, प्रेमप्रसाद कँडेल र नवीन भण्डारी निर्वाचित भएका छन्।

राज्य समन्वय समितिका पदहरूमा न्यूसाउथवेल्स राज्यको संयोजकमा देबबहादुर गुरुङ तथा उपसंयोजकमा सुकीर्ति राज्य लक्ष्मी भट्ट निर्वाचित भएका छन्। त्यसैगरी क्यानबेराको संयोजकमा अशोक बस्नेत तथा उपसंयोजकमा विक्रम सुवेदी विजयी भएका छन् । नर्दन टेरिटोरीको संयोजकमा विष्णु चापागाई र उपसंयोजकमा सञ्जीव गोर्खाली ढकालले जित हासिल गरेका छन्।

क्वीन्सल्याण्ड राज्यको राज्य संयोजकमा विनोदभक्त आचार्य तथा उपसंयोजकमा शम्भु घैसे विजयी भएका छन्। दक्षिण अस्ट्रेलियाको राज्य संयोजकमा रेनुका लामा तथा उपसंयोजकमा सञ्जय पुरी विजयी भए।

तास्मेनिया राज्यको राज्य संयोजकमा राकेश शाक्य तथा उपसंयोजकमा जगदीश खड्का निर्वाचित भएका छन्। त्यसैगरी भिक्टोरिया राज्यको राज्य संयोजकमा हरि खड्का (निर्विरोध) तथा उपसंयोजकमा नारायण कटुवाल (निर्विरोध) निर्वाचित भएका छन्। साथै पश्चिम अस्ट्रेलियाको राज्य संयोजकमा दीपक बस्नेत (निर्विरोध) तथा उपसंयोजकमा सुनील श्रेष्ठ (निर्विरोध) निर्वाचित भएका छन्।

अस्ट्रेलियाको ६ वटा राज्य र २ वटा टोरिटोरीमा एकैसाथ गरिएको पहिलोपटक अनलाइन भोटिङको व्यवस्था गरिएको थियो। १५ हजार २ सय ९८ मतदाताले मताधिकार प्रयोग गर्न पाउने व्यवस्था रहेको सो निर्वाचनमा १४ हजार २ सय १३ मत अर्थात् ९२.९ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित: Aug 01, 2021| 07:20 आइतबार, साउन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...