हचुवाका भरमा विद्यालय वा कुनै क्षेत्र खोल्ने निर्णय उपयुक्त हुँदैन। यसमा चरणबद्ध रूपमा गर्नुपर्छ। शिक्षा मन्त्रालयले बनाएको कार्ययोजनालाई पालना गर्नुपर्छ।’
समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिवेदनले उक्त घटना भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएको औँल्याएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपालले भर्खरै पार्टी दर्ता भएको र जनप्रतिनिधिले दल रोज्ने क्रम जारी रहेकाले भदौ २२ अघि मन्त्रिपरिषद् विस्तार नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
आफ्नो पक्षले पाउने मन्त्रालयबारे प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले अझसम्म पनि छलफल नगरेको भन्दै सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आक्रोशित बनेको छ।
मन्त्रिपरिषद् विस्तार भदौ २२ गतेपछि मात्रै हुने भएको छ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको आग्रहअनुसार मन्त्रिपरिषद् विस्तार भदौ २२ गते पछिमात्रै हुने भएको हो।