मंगलबार, असार २३, २०८३

युनाइटेडमा अनुबन्ध भएपछि रोनाल्डोले यसरी सम्झिए आफ्नो विगत

क्रिश्टियानो रोनाल्डोलाई अनुबन्ध गर्ने घोषणा गरेको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले उनीसँग सम्झौता गरेको जानकारी दिएको छ।
 |  मंगलबार, भदौ १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १५, २०७८

काठमाडौं– क्रिश्टियानो रोनाल्डोलाई अनुबन्ध गर्ने घोषणा गरेको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले उनीसँग सम्झौता गरेको जानकारी दिएको छ। समर फुटबल ट्रान्सफर विन्डोको अन्तिम दिन उसले सूचना सार्वजनिक गर्दै रोनाल्डोसँग सम्झौता गरेको जानकारी दिएको हो।

युनाइटेडले रोनाल्डोसँग एक वर्ष थप गर्न सक्ने गरी दुई वर्षको सम्झौता गरेको छ। इंग्ल्यान्ड, स्पेन र इटालीमा लिग उपाधि जितेका रोनाल्डोले अहिलेसम्म पाँच बेलोन डीओरसँगै ३० उपाधि जितिसकेको छन्।

उनलाई अनुबन्ध गरेपछि युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले रोनाल्डो खेलाडीका रुपमा मात्र उत्कृष्ट नभएर राम्रो मानवीयता भएको खेलाडी भएको बताएका छन्। ‘उपाधिको भोकमात्र होइन, उनी लामो समयसम्म उत्कृष्ट फर्ममा खेलिरहन सक्ने निकै विशेष मानिस हुन्,’ उनले भने, ‘अब उनले त्यो फुटबल अनुभवका साथ हामी सबैलाई उत्साहित बनाउने छन्।’

युनाइटेडमा अनुबन्ध भएपछि रोनाल्डोले भने, ‘जसले मलाई राम्रोसँग चिन्नुहुन्छ, म्यानचेस्टर युनाइटेडको लागि मेरो कहिल्यै अन्त्य नहुने प्रेमबारे राम्रोसँग थाहा होला। मैले यो क्लबमा जति वर्ष बिताएको छु, ती अविस्मरणीय छन्। जुन बाटो हामीले एकसाथ बनाएका थियौं, त्यो इतिहास संस्थामा स्वर्ण अक्षरमा लेखिएका छन्। म अहिले पनि ती भावनालाई बयान गर्न सक्दिन– किनभने म ओल्ड ट्राफोर्डमा फर्किएको विश्वव्यापी घोषणा भएको छ। मलाई सपना साकार भएजस्तै लागेको छ।’

रोनाल्डोले सधैं समर्थकबाट माया र सम्मान पाएको बताउँदै भने, ‘मेरो पहिलो घरेलु लिग, पहिलो कप, पोर्चुगाली राष्ट्रिय टिमका लागि पहिलो कल, पहिलो च्याम्पियन्स लिग, पहिलो गोल्डेन बुट र पहिलो बलोन डीओर। ती सबै म र रेड डेविल्सकोसँग विशेष सम्बन्धबाट जन्मेका थिए।’

प्रकाशित: Aug 31, 2021| 17:50 मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।