बिहीबार, भदौ ४, २०८३

काठमाडौं उपत्यकाको फोहोर आजबाट उठ्ने

करिब एक महिनादेखि काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर आजदेखि व्यवस्थापन हुने भएको छ।
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

काठमाडौं- करिब एक महिनादेखि काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर आजदेखि व्यवस्थापन हुने भएको छ। 

काठमाडौं महानगरपालिका र सिसडोलका स्थानीयबीच मंगलबार भएको १४ बुँदे सहमतिअनुसार फोहोर व्यवस्थापनको अवरोध हटाई उपत्यकामा रहेको फोहोरलाई सिसडोलमा व्यवस्थापन गर्ने सहमति भएको छ।

महागरको वातावरण व्यवस्था विभागका प्रमुख हरिकुमार श्रेष्ठ र ककनी वडा-१ का वडा अध्यक्ष चन्द्रबहादुर श्रेष्ठसहित संलग्न बैठकले विभिन्न १४ बुँदे सहमतिमा गर्दै फोहोर ढुवानीमा भएको अवरोध हटाउँदै फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको हो। सहमतिअनुसार अब स्थानीयले फोहोर ढुवानीमा अवरोध सिर्जना गर्नेछैनन् र उपत्यकाको फोहोर व्यवस्थापन हुनेछ। 

फोहोर उठ्न रोकिएपछि उपत्यकाका सडक दुर्गन्धित हुनुका साथै सडक, चोक र गल्लीमा आवतजावतमा असहजता हुँदै आएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार काठमाडौं उपत्यकामा फोहोर तत्काल उठाउन काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई निर्देशन दिएका थिए।

फोहोर व्यवस्थापनका विषयमा छलफल गर्न मंगलबार मेयर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठक बसेको थियो। बैठकको निर्णयपछि उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर बुधबार विहान ६ बजेबाट उठ्ने प्रमुख शाक्यले बताएका थिए। 

बैठकमा सडक विभागले बञ्चरेडाँडासम्म पुग्ने बैकल्पिक बाटो निर्माण गर्ने र यसको खर्च महानगरपालिकाले व्यर्होने निर्णय भएको उनले बताए। यहि निर्णय अनुसार सडक विभागले काम अगाडि बढाएको समेत उनले जानकारी दिए।

प्रकाशित: Sep 01, 2021| 06:33 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।