पोखरा- भदौ १८ गते हुने कांग्रेसको वडास्तरीय अधिवेशनले कास्कीका ७२ वडाबाट २ हजार १९ जना क्षेत्रीय प्रतिनिधि चुन्ने भएको छ। कांग्रेसको संशोधित विधानको व्यवस्थाअनुसार वडाबाट छानिने क्षेत्रीय प्रतिनिधिको संख्या बढेको हो।
पार्टी कार्यालयले जिम्मेवारी दिएसँगै आरसी विमल (रामचन्द्र पौडेल) जिल्ला निर्वाचन अधिकृत बनेर मङ्गलबार पोखरा आइपुगेका छन्। अधिवेशनको तयारी सुरु गरिएकोउनको भनाइ छ। उनका अनुसार सबै वडाहरुमा भदौ १७ गते बिहीबार साँझसम्ममा मतदान अधिकृत र निर्वाचन सामग्री पुग्ने छ।
कास्की कांग्रेसका पदाधिकारी र निर्वाचन समितिको मङ्गलबारको संयुक्त बैठकले सबै वडामा निर्धारित मितिमै अधिवेशन गर्ने निर्णय समेत गरेको छ।