आइतबार, भदौ २२, २०८२

एमाले त्यागेर लुम्बिनी सांसद रमाले रोजिन् एकीकृत समाजवादी

नेकपा एमाले विभाजन भई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर्तीले प्रदेश निर्वाचन कार्यालय दाङ पुगेर समाजवादी पार्टी रोजेकी हुन्।
 |  मंगलबार, भदौ १५, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १५, २०७८

vianetvianet
Kumaribank
Metro Mart

बुटवल- लुम्बिनी प्रदेश सभाकी पाल्पाकी सांसद रमा घर्ती मगरले नेकपा एकीकृत समाजवादी रोजेकी छन्। नेकपा एमाले विभाजन भई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर्तीले प्रदेश निर्वाचन कार्यालय दाङ पुगेर समाजवादी पार्टी रोजेकी हुन्। घर्तीले आफूले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको कार्यालयमा जानकारी गराएकी छन्।  

आयोगका प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईको रोहबरमा घर्तीको हस्ताक्षर सनाखत भएको छ। भट्टराईले एक जना सांसदले समाजवादी रोजेको बताए। उनका अनुसार निर्वाचन आयोगले लुम्बिनी प्रदेश सभा सचिवालयलाई यसबारे पत्राचार गरेपछि प्रदेश सभामा कायम राजनीतिक दल र प्रदेश सभा सदस्यको अभिलेख अद्यावधिक गर्न लागिएको हो।

घर्तीले समाजवादी रोजेसँगै प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको संख्या ६ पुगेको छ। ८० सदस्यीय प्रदेशसभामा एमालेका ३७ सांसद थिए।

प्रकाशित: Aug 31, 2021| 19:47 मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।