काठमाडौं – एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी २० क्रिकेट फ्रेन्चाइज लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ।
आयोजक ईपीएल प्रालिले आज मंगलबार सूचना सार्वजनिक गर्दै पुरस्कार रकमबारे जानकारी दिएको हो। त्यस्तै, उसले उपविजेतालाई १५ लाख पुरस्कार दिने बताएको छ।
ईपीएल प्रालिका अध्यक्ष अमिर अख्तरले ईपीएलको ट्रफी सार्वजनिक गर्ने क्रममा पुरस्कार रकम केही बढाइने बताएका थिए। ईपीएलका सबै क्लबसँग छलफल गरेर यो प्रतियोगिता खेल्ने खेलाडीको तलबमा पनि २० वृद्धि गरिसकिएको छ। र्ईपीएल आउँदो सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ।