शुक्रबार, मंसिर २२, २०८०
  • गृहपृष्ठ
  • प्रदेश
  • 'गम्भीर' आरोप लागेको भिडियो बाहिरिएपछि कर्णालीका मन्त्री शाहीको पद धरापमा

'गम्भीर' आरोप लागेको भिडियो बाहिरिएपछि कर्णालीका मन्त्री शाहीको पद धरापमा

घटनालाई बलात्कार भनिए पनि पीडित भनिएकी महिलाले मन्त्रीको बचाउन गरिसकेकी छन्। आफू पीडित र बलात्कार दुवै नभएको ती महिलाको भनाइ छ।
 |  मंगलबार, भदौ १५, २०७८
averest bankaverest bank

देव राना

देव राना

मंगलबार, भदौ १५, २०७८

सुर्खेत– कर्णाली प्रदेश सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही संलग्न रहेको भनेर 'गम्भीर' आरोप लागेको एउटा भिडियो बाहिरिएको छ। बलात्कार भनिएको भिडियोमा रोमान्सको दृश्य छ।

sagarmatha cement

२०७६ माघमा खिचिएको भनिएको उक्त भिडियो भदौ ६ गतेदेखि एकाएक चर्चामा आएको हो। भिडियो सोमबारसम्म अधिकांश व्यक्तिको हातहातमा पुगिसकेको छ। सामाजिक सञ्जालमासमेत उक्त भिडियो भाइरल भइसकेको छ। 

भिडियो बाहिरएसँगै सरकारमाथि मन्त्रीलाई बरखास्त गर्न दबाब परेको छ। भिडियो हेरेका अधिकांशले मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने तर्क सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। कतिपयले भने मन्त्रीलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारलाई आग्रह गरेका छन्।

‘बलात्कारको प्रमाण छैन भनेर हेर्ने कि मन्त्रीबाट बरखास्त गर्ने? कि अझै प्रमाण पुगेन? कुरा मिल्दासम्म चमत्कार, कुरा बिग्रिए बलात्कार?’ यी यस्तै प्रश्नले सामाजिक सञ्जाल भरिएका छन्। कतिले गलत नियतले भिडियो खिचिएको भए पनि नैतिकताका आधारमा मन्त्रीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। कसैकसैले भने पीडित भनिएकी महिलाप्रति सहानुभूति देखाउँदै घटना थप अतिरञ्जित नबनाउन आग्रह गरेका छन्। 

तर पीडित भनिएकी महिलाले मन्त्रीको बचाउ गरिसकेकी छन्। आफू पीडित र बलात्कार दुवै नभएको ती महिलाको भनाइ छ। ती महिलाले न्यायका लागि अहिलेसम्म कानुनी प्रक्रिया अपनाएकी छैनन्। बरु पत्रकार सम्मेलन गरेर घटना सत्यता नभएको र भिडियो सम्पादन गरिएको दाबी गर्दै आफ्नो चरित्रहत्या भएको बताएकी छन्। 

worldlink

यस्तो अवस्थामा मन्त्रीसँग दुईवटा विकल्प छन्। पहिलो, आफूलाई फसाइएको भन्दै मन्त्री पदमा बसिरहन सक्छन्। तर यो सम्भावना निकै न्यून छ। दोस्रो विकल्प नैतिकताका आधारमा राजीनामा दिएर बाँकी राजनीतिक जीवनलाई सुरक्षित गर्ने ठाउँ छ। राजीनामा दिन मन्त्रीलाई सहज छैन।

‘घटना नियोजित हो? भिडियो बनावटी हो’, मन्त्रीको सचिवालयका एक कर्मचारी भन्छन्, ‘पीडित भनिएकी महिलाले घटना सत्य होइन भनिसकेपछि राजीनामा दिनु पर्दैन।’ 

मन्त्रीबाट राजीनामा दिए उनी जनतासँग जाने बाटो बन्द हुनेछ। किनकि पाँच वर्षका लागि सांसदमा निर्वाचित उनको सांसद पद यसअघि नै गइसकेको छ। वैशाख ३ गते फ्लोरक्रस गरेपछि सांसद पद गइसकेको छ। अर्कातर्फ मन्त्रीले एमाले पार्टी छाडिसकेका छन्। एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा लागेका उनलाई पदबिना जनतासँग जोडिन कठिन हुनेछ। पार्टी छाडेका कारण एमालेले उनको चरित्रमाथि पथ प्रश्न गर्ने मौका पाउनेछ। यस हिसाबले सकेसम्म घटना गुपचुपमै मिलाउने वा नियोजित भनेर सल्टाउने थोरै सम्भावना छ। 

‘घटना नियोजित हो? भिडियो बनावटी हो’, मन्त्रीको सचिवालयका एक कर्मचारी भन्छन्, ‘पीडित भनिएकी महिलाले घटना सत्य होइन भनिसकेपछि राजीनामा दिनु पर्दैन।’ मन्त्रीको राजनीति सिध्याउने उद्देश्यले केही व्यक्ति लागिरहेको भन्दै ती कर्मचारीले तत्काले मन्त्रीले राजीनामा नदिने बताउँछन्। ‘बलात्कार भएको भए त पीडित भनिएकी महिलाले किन होइन भन्थिन्’, उनले भने, ‘यहाँ त मन्त्रीको राजनीति सिध्याउने गरी मान्छेलाई चोट लाग्ने कुकुर कराएको जस्तो भयो।’ 

अब मन्त्री पदमा बस्ने समय थोरै रहेको भन्दै उनले पदबाट बाहिरिने सम्भावना कमै रहेको बताए। सांसद पद नभएका कारण उनी ६ महिनामात्रै अर्थात् कात्तिक ४ गतेसम्म मन्त्री बन्न पाउँछन्। वैशाख ४ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उनलाई मन्त्रीमा नियुक्त गरेका थिए।

 ‘हिजोसम्म त भिडियो हामीसँग आइपुगेको थिएन, आरोप मात्रै भन्ने थियो। बरखास्त गर्न प्रमाण थिएन’, प्रदेश सरकारका एक मन्त्रीले भने, ‘अब पीडित भनिएकी महिलासँग बुझेर कानुनी प्रक्रिया के हुन्छ सरसल्लाह गर्दैछौं।’

सरकार पक्षले भने पीडित भनिएकी महिलासँग बुझेर आवश्यक निर्णय लिने तयारी गरेको छ। ‘हिजोसम्म त भिडियो हामीसँग आइपुगेको थिएन, आरोप मात्रै भन्ने थियो। बरखास्त गर्न प्रमाण थिएन’, प्रदेश सरकारका एक मन्त्रीले भने, ‘अब पीडित भनिएकी महिलासँग बुझेर कानुनी प्रक्रिया के हुन्छ सरसल्लाह गर्दैछौं।’

तर पीडित भनिएकी महिलाले न्यायका लागि कानुनी बाटो नरोज्नु र बलात्कार नभएको भनेर दाबी गरेपछि निर्णय लिन अप्ठेरो परेको ती मन्त्रीले तर्क गरे। ‘पीडित भए महिलाले कानुनी बाटो रोज्नुपर्थ्यो नभए आफू र मन्त्रीको जीवन बर्बाद बनाउने गरी घटना बाहिर ल्याउन हुन्थेन’, ती मन्त्रीले भने, ‘आखिर घटना जे भए पनि भिडियोको दृश्यले मन्त्री र सरकारमाथि प्रश्न उठाएको छ, वास्तविकता बुझेर आवश्यक निर्णय लिन्छौं।’ 

मन्त्री शाहीलाई बरखास्त गर्न भने पनि सरकारलाई सहज नभएको ती मन्त्रीले तर्क गरे। ‘मन्त्रीलाई हटाउन सजिलो छैन नि, केन्द्रदेखि प्रदेशसम्म गठबन्ध देख्नुभकै छ? ती मन्त्रीले भने, ‘हटाउनैपर्ने अवस्था आए पनि माथि सल्लाह गर्नुपर्छ।’ घटनालाई थप जटिलता निम्त्याउन नदिन केही मन्त्रीलाई नै राजीनामा दिनेगरी पनि छलफल भइरहेको ती मन्त्रीले बताए। ‘केही साथी गम्भीर भएर लाग्नुभएको छ’, उनले भने, ‘सकेसम्म मन्त्री आफै‌ंलाई पदबाट राजीनामा गर्न लगाउने नभए केही समयका लागि निलम्बन गर्नुपर्ने हुन सक्छ।’

के छ बलात्कार भनिएको भिडियोमा?

बलात्कारको आरोप लगाइएको भिडियो अँध्यारोमा खिचिएको छ। शारीरिक सम्बन्ध राखेको स्पष्ट छैन। भिडियोमा पुरुष र महिला दुवैको पहिचान खुल्न सक्ने केही आधार भएको बताइन्छ। जबरजस्ती करणी जस्तो गतिविधि भए पनि पीडित भनिएकी महिला स्वयंले भिडियो रेकर्ड गरेको देखिन्छ। महिलाले पूर्वतयारी गर्नु, पुरुष कोठामा छिर्नेबित्तिकै बत्ती निभाउनु र सीधै शारीरिक सम्बन्धका गतिविधि पनि भिडियोमा देखिन्छ। यद्यपि भिडियो सम्पादन गरिएको हो होइन भन्ने पुष्टि हुन बाँकी छ। 

मन्त्रीमाथि लाग्यो यस्तो 'गम्भीर' आरोप– विपक्षीलाई ‘मसला’, सरकारलाई तनाव


प्रकाशित: Aug 31, 2021| 17:47 मंगलबार, भदौ १५, २०७८
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।