शुक्रबार, भदौ ५, २०८३

मन्त्रिपरिषद् विस्तार भदौ २२ पछि मात्रै

मन्त्रिपरिषद् विस्तार भदौ २२ गतेपछि मात्रै हुने भएको छ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको आग्रहअनुसार मन्त्रिपरिषद् विस्तार भदौ २२ गते पछिमात्रै हुने भएको हो।
 |  मंगलबार, भदौ १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १५, २०७८

काठमाडौं– मन्त्रिपरिषद् विस्तार भदौ २२ गतेपछि मात्रै हुने भएको छ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको आग्रहअनुसार मन्त्रिपरिषद् विस्तार भदौ २२ गते पछिमात्रै हुने भएको हो।  

नेपालले भर्खरै पार्टी दर्ता भएको र जनप्रतिनिधिहरुले दल रोज्ने क्रम जारी रहेकाले भदौ २२ अघि मन्त्रिपरिषद् विस्तार नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।  

मंगलबार बसेको गठबन्धनको बैठकमा नेपालले यस्तो आग्रह गरेका थिए। प्रधानमन्त्री देउवाले नेपालको आग्रह अनुसार नै मन्त्रिपरिषद् विस्तार तत्काल नगर्ने भएका छन्। ‘उहाँ (नेपाल)को आग्रहपछि मन्त्रिपरिषद् विस्तार एक साता पर धकेलिएको छ,’ बालुवाटार स्रोतले भन्यो।  

अब दल विभाजन सम्बन्धी अध्यादेश निष्क्रिय भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुनेछ। अध्यादेश निष्क्रिय नभई मन्त्रिपरिषद् विस्तार गर्दा असन्तुष्ट समूहले दल विभाजन गर्न सक्ने सम्भावित जोखिमलाई हेरेर जनता समाजवादी पार्टीले अध्यादेश निष्क्रिय भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्न देउवालाई सुझाव दिएको छ।

उता, मंगलबार बसेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडल समूहको बैठकमा मन्त्री चयन गर्ने एजेन्डा थियो। तर, २२ गते अघि मन्त्रिपरिषद् विस्तार नहुने भएपछि बैठकमा यस विषयमा छलफल नभएको नेता बलबहादुर केसीले बताए। भने, ‘माधव नेपालजीको आग्रह अनुसार २२ गतेअघि मन्त्रिपरिषद् विस्तार नहुने भएपछि हामीले यस विषयमा छलफल नै गरेनौं। अब २२ गते पछि मात्रै यस विषयमा छलफल गर्नेछौं।’

प्रकाशित: Aug 31, 2021| 17:34 मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...