शनिबार, मंसिर १३, २०८२

अपहरणको डरले नेकपा (एस) मा खुल्न सकेनन् गण्डकीका जनप्रतिनिधि

अपहरणको डरले नेकपा (एस) मा खुल्न सकेनन् गण्डकीका जनप्रतिनिधि
 |  मंगलबार, भदौ १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १५, २०७८

पोखरा– गण्डकी प्रदेशका जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी) मा खुल्न डराइरहेका छन्। प्रदेशका २८ प्रतिशत जनप्रतिनिधि एमाले छाड्न तयार रहे पनि अपहरणमा पर्ने डरले खुल्न नचाहेको पार्टी केन्द्रीय सदस्य एवम् स्याङ्जाको आँधीखोला गाउँपालिकाकी उपाध्यक्ष शर्मिलादेवी पौडेल क्षेत्रीले बताइन्।

National life

उनले भनिन्, ‘गण्डकी प्रदेशका २८ प्रतिशत जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोज्नेछन्। पहिल्यै खुल्दा अपहरण हुने डरले खुल्न डराइरहेका छन्।’ आयोगले दल रोज्न दिएको समयसीमामा  खुल्ने उनको भनाइ छ। 

नेकपा (एकीकृत समाजवादीमा) खुल्ने जनप्रतिनिधि गण्डकी प्रदेशमा उनी मात्रै हुन्। उनले गण्डकीमा कति जनप्रतिनिधिले नयाँ पार्टीमा सनाखत गर्छन् भन्ने भदौ २१ गते मात्रै थाहा हुने बताइन्। एकीकृत समाजवादीले कास्की जिल्ला र पोखरा महानगर कमिटी गठन गरेको छ। मंगलबार भएको भेलाले १ सय ८५ सदस्यीय कास्की जिल्ला कमिटी र १ सय ४१ सदस्यीय पोखरा महानगर कमिटी गठन गरेको हो। 

कास्की जिल्ला कमिटीको अध्यक्षमा धनराज आचार्य छन् भने सचिवमा होमबहादुर नेपाली छन्। दुवै जना कुनै बेला पृथ्वीनारायण क्याम्पसको स्ववियुमा प्रतिनिधित्व गर्दथे। 

कास्की जिल्ला कमिटीको अध्यक्षमा धनराज आचार्य छन् भने सचिवमा होमबहादुर नेपाली छन्। दुवै जना कुनै बेला पृथ्वीनारायण क्याम्पसको स्ववियुमा प्रतिनिधित्व गर्दथे। 

यसैगरी पोखरा महानगर कमिटीमा मुक्ति पौडेल अध्यक्ष र सुशील बस्नेत सचिव छन्। सचिव बस्नेत  पृथ्वीनारायण क्याम्पसका पूर्वस्ववियु सहसचिव हुन्।

Laxmi sunrise bank
kumari

बैठकले गत चैतमा गठन भएको १ सय ४७ सदस्यीय समानान्तर कमिटीमा ३८ जना थप गरेर नयाँ कमिटी घोषणा गरेको हो। तर पोखरा महानगरमा भने समानान्तर कमिटी बनाइएको थिएन। 

नयाँ कमिटी घोषणापछि कास्की जिल्ला सचिव नेपालीले प्रदेशमा खाली रहेको एक मन्त्री पाउने गरी प्रदेश सांसद पनि नयाँ पार्टीमा आउने दाबी गरे। ‘इन्द्रलाल सापकोटाले धोका दिनुभो, प्रदेश सरकारमा सामेल हुने गरी केही प्रदेश सांसद पनि आउने कुरा भएको छ’, उनले भने। 

उनले कास्कीका पालिकाका अध्यक्ष नआए पनि वडा अध्यक्ष र सदस्यहरु नयाँ पार्टीमा आउने दाबीसमेत गरे। ‘अब को आउँछन् को आउन्नन् भन्ने भन्दा पनि संगठन बनाएर जाने कुरा हो, हामीले त्यसैमा जोड दिएका छौं’, उनले भने। 

प्रकाशित: Aug 31, 2021| 18:11 मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।