शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • आफ्नो पक्षलाई दिने मन्त्रालयबारे छलफलै नगरेको भन्दै देउवाप्रति पौडेल पक्ष आक्रोशित

आफ्नो पक्षलाई दिने मन्त्रालयबारे छलफलै नगरेको भन्दै देउवाप्रति पौडेल पक्ष आक्रोशित

आफ्नो पक्षले पाउने मन्त्रालयबारे प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले अझसम्म पनि छलफल नगरेको भन्दै सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आक्रोशित बनेको छ।
 |  मंगलबार, भदौ १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १५, २०७८

काठमाडौं- आफ्नो पक्षले पाउने मन्त्रालयबारे प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले अझसम्म पनि छलफल नगरेको भन्दै सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आक्रोशित बनेको छ। 

काठमाडौंको बोहोराटारस्थित वरिष्ठ नेता पौडेलको निवासमा मंगलबार बसेको पौडल पक्षको बैठकमा प्रधानमन्त्री देउवाले आफू पक्षलाई दिने मन्त्रालयबारे विषय नै प्रवेश गराउने काम अझै नगरेको भन्दै आक्रोश व्यक्त गरेको हो। 

पार्टीले लिने मन्त्रालयबारे छिटो टुंगो लगाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाबसमेत दिने भएको छ। सत्तारुढ चार दलको शीर्ष तहमा मन्त्रालयको बाँडफाँडबारे छलफल भइरहेका बेला पौडेल पक्षले पनि पार्टीले लिने मन्त्रालयको छिटो टुंगो लगाउन पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई दबाब दिने भएको हो। 

बैठकले मन्त्रीमण्डलमा नेपाली कांग्रेसले कति पाउने भन्ने विषयमा प्रधानमन्त्री देउवालाई छिटो टुंगोमा पुग्न आग्रह गर्ने निर्णय गरिएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए। ‘मन्त्रिपरिषदमा जाने विषयमा विषय प्रवेश गर्‍यो। मन्त्रीमण्डलमा नेपाली कांग्रेसले कति पाउने र नेपाली कांग्रेसभित्र पनि हामीहरूको जुन पक्ष छ, त्यसलाई कति दिने भन्ने कुरामा अहिले पनि टुंगो भएको छैन। सभापतिजीले त्यो कुरामा वास्तविक रुपमा प्रवेश गर्नु भएको छैन। त्यसैले त्यो कुरा पनि प्रवेश होस्।’

पौडेल पक्षले आफ्नो पक्षबाट जातीय, क्षेत्रीय सन्तुलन मिलाएर सरकारमा पठाउने निर्णय पनि गरेको छ। ‘विभिन्न पक्षबाट आउने अनुहारलाई हेरेर क्षेत्रीय सन्तुलन, जातीय सन्तुलन मिलेर मन्त्रीमण्डलमा पठाउने हो,’ नेता केसीले भने, ‘तर सबभन्दा पहिला कति जनाले मन्त्रालयले पाउने? भन्ने स्पष्ट हुनुपर्छ भन्ने कुरामै बैठक सीमित रह्यो।’

बैठकमा पार्टीको आसन्न महाधिवेशनमा आफ्नो पक्षबाट एक जनाले मात्रै सभापतिमा उम्मेदवारी दिने प्रतिबद्धता पनि नेताहरुले जनाएका थिए। नेता केसीले भने, ‘जो लडेपनि सहमतिमा एक जना लड्ने विषयमा छलफल गरिएको छ। र हामी सहमतिपूर्ण परिस्थिति नै निर्माण गछौं। त्यही हामी सबैको बचनबद्धता हो।’

पौडेल पक्षभित्र १४औं महाधिवेशनमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेताद्धय प्रकाशमान सिंह र डा. शेखर कोइराला सभापतिका आकांक्षी छन्। नेता केसीले सबै नेताहरुले मिलेर महाधिवेशनमा उम्मेदवारी दिने प्रतिवद्धता बैठकमा जनाएका थिए। 

प्रकाशित: Aug 31, 2021| 18:23 मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...