मंगलबार, असोज २०, २०८३

ठमेलमा निर्वाधरुपमा व्यवसाय गर्न पाउनुपर्ने माग

ठमेल क्षेत्रका रात्रिकालीन एवं स्पा व्यवसायीले निर्वाधरुपमा व्यापार व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन्।
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

काठमाडौं- ठमेल क्षेत्रका रात्रिकालीन एवं स्पा व्यवसायीले निर्वाधरुपमा व्यापार व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन्। 

ठमेलका क्षेत्रका व्यवसायीले मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई भेटेर यस क्षेत्रमा निर्वाधरुपमा व्यवसाय गर्ने वातावरण निर्माण गर्न माग गरेका हुन्। 

ठमेलका घरधनी, व्यवसायी एवं कर्मचारीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेकाले स्वास्थ्य मापदण्ड अपनाएर रात्रिकालीन एवं स्पा व्यवसाय सञ्चालन गर्न माग गरिएको ठमेल पर्यटन परिषद्का उपाध्यक्ष भविश्वर शर्माले जानकारी दिए। 

'निषेधाज्ञा अगाडिको समयमा जस्तै ठमेलभित्र व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ', उनले भने। कोभिड–१९ सङ्क्रमणका कारण जारी गरिएको निशेषधाज्ञाले काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा ठूलो असर पुगेको छ।

प्रकाशित: Sep 01, 2021| 06:47 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।