बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दार्चुला तुइन घटना : छानबिन समितिले बुझायो प्रतिवेदन

दार्चुला तुइन घटना : छानबिन समितिले बुझायो प्रतिवेदन

महाकाली नदीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीका विषयमा छानबिन गर्न गठन भएको समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ।
 |  मंगलबार, भदौ १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १५, २०७८

काठमाडौं- महाकाली नदीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीका विषयमा छानबिन गर्न गठन भएको समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ। मंगलबार साँझ गृह मन्त्रालयमा समितिले मन्त्री बालकृष्ण खाँडलाई प्रतिवेदन बुझाएको हो। 

समितिका संयोजक रहेका गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले गृहमन्त्री खाँडलाई प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदन भने सार्वजनिक गरिएको छैन।

महाकाली नदी तरी भारततर्फ जाने क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले तुइन काटिदिएपछि धामी महाकालीमा बेपत्ता भएको उनीसँगै भारततर्फ जाने क्रममा रहेका प्रत्यक्षदर्शीहरूले बताएका छन्। हालसम्म पनि उनको अवस्था अज्ञात छ। 

सरकारले धामीको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। तर पीडित परिवारले भने भारतको दबाबमा घटनालाई ढाकछोप गर्नका लागि सरकारले पैसा दिने निर्णय गरेको बताएका छन्। 

प्रकाशित: Aug 31, 2021| 20:22 मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।