मंगलबार, असार २३, २०८३

नेपाल र पीएनजीबीचको खेल प्रत्यक्ष प्रसारण हुने

नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा पपुवा न्युगिनी (पीएनजी)सँग खेल्ने दुई खेलको प्रत्यक्ष प्रसारण (लाइभ) हुने भएको छ।
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा पपुवा न्युगिनी (पीएनजी)सँग खेल्ने दुई खेलको प्रत्यक्ष प्रसारण (लाइभ) हुने भएको छ।  

मंगलबार नेपाल क्रिकेट संघ (क्यान) र डिस होमबीच प्रत्यक्ष प्रसारणका लागि सम्झौता भएको क्यानले जनाएको छ। 

क्यानले आयोजना गर्ने घरेलु प्रतियोगिताको प्रत्यक्ष प्रसारणको अधिकार खरिद गरिसकेको डिस होमले अब नेपालले ओमानमा खेल्ने पीएनजीसँगका दुई खेलको प्रत्यक्ष प्रसारण गर्नेछ। 

सम्झौतामा क्यानका तर्फबाट कोषाध्यक्ष रोशनकुमार सिंह र डिस होमका तर्फबाट प्रबन्ध निर्देशक सुदीप आचार्यले हस्ताक्षर गरेका थिए। 

नेपालले पीएनजीसँग ५ र ८ सेप्टेम्बरमा खेल्नेछ । यस सिरिजका लागि नेपाली टिम केही दिन अगाडि ओमान पुगिसकेको छ भने पीएनजी पनि मंगलबार ओमान पुगेको छ। 

पीएनजीसँग नेपालले खेल्ने दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय दिवा-रात्रि हुनेछ, जुन नेपालले खेल्न लागेको पहिलो दिवा-रात्रि एक दिवसीय अन्तर्राष्ट्रिय खेल हो। पीएनजीसँगको खेलपछि नेपाली टिमले अमेरिका र ओमानसँग त्रिकोणात्मक सिरिज खेल्ने तालिका छ।

प्रकाशित: Sep 01, 2021| 06:39 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।