प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन्। सरकार गठनको झन्डै तीन महिनापछि देउवा मन्त्रिपरिषद विस्तार गर्दैछन्।
राष्ट्रिय डिभिजन फुटसल लिगको फाइनल खेल आज पोखरामा हुँदैछ। पोखराको बहुउद्देश्यीय फुटसल रंगशालामा हुने फाइनल खेलमा आज शंखमुल फुटसल क्लबले स्पोर्ट्स क्यासल पोखराको सामना गर्नेछ।
जारी साफ च्याम्पियनसिपअन्तर्गत बिहीबार साँझ सम्पन्न खेलमा इन्डियाले कमजोर मानिएको श्रीलंकको टिमसँग गोलरहित बराबरी खेल्यो। इन्डियाले खेलको लगभग ७५ प्रतिशत समय बलमा नियन्त्रण राखे पनि उसले गोल गर्न सकेन।
नौ दिनसम्म मनाउने नवरात्रमा कुन दिन कुन रूपको पूजा गर्ने र कस्तो प्रसाद चढाउने अनि कुन कामनाको पूर्तिका लागि पूजा गर्ने भन्नेबारे मार्कण्डेय पुराणमा उल्लेख गरिएको छ। सावधानीपूर्वक विधि अनुरूप...
नेपाली कांग्रेसबाट सरकारमा चार मन्त्री थपिने भएका छन्। कांग्रेसबाट बालकृष्ण खाँड गृह, ज्ञानेन्द्रबहादुर कार्की कानुन र परराष्ट्रमन्त्री नारायण खड्का मन्त्री भइसकेका छन्।
अमेरिकाको टेक्सासमा रहेको विवादस्पद् गर्भपतनसम्बन्धी कानुनमाथि प्रतिबन्ध लगाइएको छ। संघीय न्यायाधीले उक्त कानुन गर्भपतनविरुद्ध रहेको भन्दै अस्थायी प्रतिबन्ध लगाएको हो।
प्राइभेट सवारी साधनमा जाने सर्वसाधारणको एकीन संख्या भने आफूहरुसँग नभएको उनको भनाइ छ। गत वर्ष कोरोना महामारीका कारणले लकडाउन गरेर आवत जावतमा रोक लगाइएको थियो।
दसैंलाई लक्षित गरी उपभोक्तालाई सस्तोमा सामान उपलब्ध गराउने गरी प्रत्येक वर्ष बुटवल उद्योग वाणिज्य संघको आयोजनामा सस्तो बजार सुरु हुँदै आएको छ। तर, कोभिड महामारीका कारण गत वर्ष रोकिएको थियो।