शुक्रबार, भदौ ५, २०८३

कांग्रेसबाट चार मन्त्री थपिँदै, हटाइने भए राज्यमन्त्री श्रेष्ठ

नेपाली कांग्रेसबाट सरकारमा चार मन्त्री थपिने भएका छन्। कांग्रेसबाट बालकृष्ण खाँड गृह, ज्ञानेन्द्रबहादुर कार्की कानुन र परराष्ट्रमन्त्री नारायण खड्का मन्त्री भइसकेका छन्।
 |  बिहीबार, असोज २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २१, २०७८

काठमाडौं– नेपाली कांग्रेसबाट सरकारमा चार मन्त्री थपिने भएका छन्। कांग्रेसबाट बालकृष्ण खाँड गृह, ज्ञानेन्द्रबहादुर कार्की कानुन र परराष्ट्रमन्त्री नारायण खड्का मन्त्री भइसकेका छन्।

देउवाले स्वास्थ्य राज्यमन्त्री जिम्मेवारीबाट उमेश श्रेष्ठलाई मुक्त गर्न लागेका छन् भने कानुनमन्त्री कार्कीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने भएका छन्। भागबन्डामा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी नेकपा एसको भागमा परेपछि श्रेष्ठलाई हटाउन लागिएको हो। उनलाई देउवाले पदमुक्त गर्छन् या अन्य कुनै मन्त्रालयको जिम्वारी दिन्छन् भन्नेमा केही टुंगो नलागेको बताइएको छ

यद्यपि मन्त्री बन्ने नेताको भने टुंगो लागिसकेको छैन। कानुन, न्याय तथा संसदीय मामिला र रक्षा मन्त्रालयको पौडेल पक्षलाई दिने तयारी देउवाको छ। कृष्णप्रसाद सिटौला पक्षलाई दिने मन्त्रालयको टुंगो लागिसकेको छैन। वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षलाई तीन जना मन्त्री दिनुपर्ने अडान राखेका छन्। तर, देउवाले त्यसलाई अस्वीकार गरेको बताइएको छ।

यस्तै महामन्त्री शशांक कोइरालालाई १ र नेता कृष्णप्रसाद सिटौलालाई १ मन्त्री दिने तयारी देउवाको छ।

प्रकाशित: Oct 07, 2021| 23:14 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...