बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा आजदेखि १८ वर्षमाथिकालाई भेरोसेलको पहिलो मात्रा दिइने

काठमाडौंमा आजदेखि १८ वर्षमाथिकालाई भेरोसेलको पहिलो मात्रा दिइने

काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिने भएको छ।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

काठमाडौं- काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिने भएको छ।

शुक्रबार काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिने भएको हो। महानगरपालिकाले सूचना जारी गर्दै सबै वडा कार्यालयका नियमित खोप केन्द्रमा खोप लगाउन सकिने बताइएको छ।

निजामती कर्मचारी अस्पताल, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लगाउन सकिनेछ।

महानगरपालिकाले खोप केन्द्रमा आफ्नो परिचय खुल्ने कागजातसहित उपस्थित हुन भनेको छ। खोपका लागि अनलाइन दर्ता अनिवार्य छ।

प्रकाशित: Oct 08, 2021| 07:36 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।