आइतबार, माघ ४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • दक्षिण एसियाको फुटबलमा चित्त बुझाउँदैनन् युरोपेली प्रशिक्षक

दक्षिण एसियाको फुटबलमा चित्त बुझाउँदैनन् युरोपेली प्रशिक्षक

जारी साफ च्याम्पियनसिपअन्तर्गत बिहीबार साँझ सम्पन्न खेलमा इन्डियाले कमजोर मानिएको श्रीलंकको टिमसँग गोलरहित बराबरी खेल्यो। इन्डियाले खेलको लगभग ७५ प्रतिशत समय बलमा नियन्त्रण राखे पनि उसले गोल गर्न सकेन।
 |  शुक्रबार, असोज २२, २०७८

विनय सापकोटा

विनय सापकोटा

शुक्रबार, असोज २२, २०७८

काठमाडौं- जारी साफ च्याम्पियनसिपअन्तर्गत बिहीबार साँझ सम्पन्न खेलमा इन्डियाले कमजोर मानिएको श्रीलंकको टिमसँग गोलरहित बराबरी खेल्यो। इन्डियाले खेलको लगभग ७५ प्रतिशत समय बलमा नियन्त्रण राखे पनि उसले गोल गर्न सकेन।

National life

४–४–२ मा उतारेको फर्मेसनको फरवार्ड लाइनबाट गोल हुन नसकेपछि इन्डियाका प्रशिक्षक इगोर स्टिमेक पोस्ट म्याच कन्फरेन्समा निकै कडा रूपमा प्रस्तुत भए। ‘हामीले आफूभित्र उत्तर खोज्नुपर्ने भएको छ कि हामीले श्रीलंकाजस्तो टिमविरुद्ध पनि गोल गर्न सकेनौं। के डर रह्यो हामीभित्र?,’ उनले भने।

‘म खेलको बारेमा धेरै भन्दिनँ। एउटा कुरा के भन्छु भने श्रीलंका खेलमा केन्द्रित हुने भन्दा पनि समय वर्वाद गर्नेमा देखिन्थ्यो,’ क्रोएसियाली प्रशिक्षक स्टिमेकले थपे, ‘आजको खेलमा मैले इन्जोय गर्न सकिनँ। किनभने दक्षिण एसियाली टिमले कसरी फुटबल खेल्ने भन्ने अझै सिक्न बाँकी छ। मैदानमा समय बिताउनु मात्र फुटबल होइन।’

यता श्रीलंकाली प्रशिक्षकको मत भने केही फरक छ। उनी श्रीलंकको टिममा फुटबल स्पिरिट विकास नभएको र उनीहरू सिक्नका लागि साफ च्याम्पियनसिपमा भाग लिएको बताए।

श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग १–० गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा उसले नेपालसँग ३–२ गोलको हार बेहोरेको थियो। तर उसले तेस्रो खेलमा प्रदर्शन सुधार गर्दै इन्डियालाई गोलरहित बराबरीमा रोकेको छ।
श्रीलंकाका ६१ वर्षे मुख्य प्रशिक्षक आमिर अलाजिकले भने, ‘फुटबलमा मेरा ५२ वर्षको लगानी छ। हामी झुट बोल्न पनि सक्दैनौं। हामी यहाँ सिक्न आएका हौं। हामी सधैँ पछि परेका छौं। हामी अहिले अघि बढिरहेका छौं। राम्रो गर्दैछौं।’

श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग १–० गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा उसले नेपालसँग ३–२ गोलको हार बेहोरेको थियो। तर उसले तेस्रो खेलमा प्रदर्शन सुधार गर्दै इन्डियालाई गोलरहित बराबरीमा रोकेको छ।

Laxmi sunrise bank
kumari

उनले कुनै समयमा पुगेपछि सिक्ने प्रक्रिया सकिने तर अहिले हाम्रो त्यो प्रक्रिया नसकिएको बताएका छन्। बोसनिया हर्जगोभिनाका प्रशिक्षक अलाजिकले भने, ‘कुनै पनि खेलाडी र कुनै पनि प्रशिक्षकले लगातारको हार बेहोरी रहन सक्दैन। जसरी विवादास्पद रूपमा पहिलो खेल हामीले हार्‍यौँ दोस्रो खेलमा आशा थियो। तर, हामीले नेपालसँग पनि हार बेहोर्‍यौँ। त्यो खेलमा त अन्तिम समयमा हामीले गोलको शतप्रतिशत अवसर पनि मिस गर्‍यौँ। त्यसैले पनि हाम्रो टिम सिकारु टिम नै हो।’

अहिले श्रीलंकका प्रशिक्षक अलाजिक एउटा नतिजाको पर्खाइमा छन्। भन्छन्, ‘मैले त केही समयपछि यो टिम छोडेर जानेछु तर श्रीलंकन टिमले जे गल्ती गरिरहेको छ त्यो नगरोस् र केही राम्रो खेलोस् भन्ने मेरो चाहना छ। हामी अझैसम्म पनि २००५ मा रहेछौं। तर जब मैले छोड्नेछु श्रीलंकाले नतिजाका लागि फाइट गरोस् भन्ने छ।’

तुलनात्मक रूपमा हेर्ने हो भने श्रीलंकाली टिम भारतको टिमभन्दा कमजोर हो। आज (बिहीबार) को खेलमा बराबरी गरेपछि भने इन्डियाका प्रशिक्षक स्टिमेकले श्रीलंकाली टिमलाई बधाई दिए र भने, ‘कुनै समय सजिलो खोलाले पनि बगाउँछ। कोही बेला चाहिँ अप्ठ्यारो खेल पनि सजिलो बनिदिन्छ।’

अहिले इस्टिमेक आउने दुई खेलमा जित निकाल्ने तरखरमा छन्। किनभने अब इन्डियाले आउँदो आइतबार नेपालविरुद्ध खेल्दैछ।  उनी भन्छन्, ‘अब के गर्नुपर्ने छ भने अब हामीले हाम्रो बाटो नेपाल र माल्दिभ्सविरुद्ध राम्रो गरेर बनाउनु पर्नेछ। तिनै खेलबाट हामीले फाइनलमा पुग्ने बाटो खोज्नु पर्नेछ।’

उनले अन्तिममा फाइटिङ स्पिरिटलाई लिएर दुखेसो गरेका छन्। भन्छन्, ‘मलाई लाग्छ आउँदा खेलहरूमा सबैको ध्यान समय वर्वाद गर्नुमा भन्दा पनि खेल्नुमा रहनेछ। नेपालाई हामीले हरायौं भने हामीलाई पुग्छ। हामीले पहिला पनि दुईपटक नेपाललाई हराइसकेका छौं। अनि विश्वस्त हुनेछु कि हामीले साफ जित्नेछौं।’

भारतले आफ्नो सुरुआति खेलमा पनि बंगलादेश राम्रो खेलेको स्टिमेकका ठहर छ। बंगलादेशविरुद्ध भारतले बल पोसेसन र प्रहार पनि चित्तबुझ्दो गरेको थियो। तर, ऊ गोलका अवसरहरूमा चुकेको थियो।

उनले भने, ‘आज पनि खेलमा टिम इन्डिया मात्र देखियो। हामीले दुवै खेल नियन्त्रणमा लिएका छौं। श्रीलंकाले पछिल्लो दुई खेलमा केही नयाँ गरिरहेको देखिन्थ्यो। आज त्यस्तो भएन।’

श्रीलंकका प्रशिक्षक अलाजिक त्यहाँको फुटबल परम्परमा निकै बेखुसी पनि छन्। उनले श्रीलंकालीहरूमा फुटबल प्रतिको धारणा निकै कमजोर पाएको बताउँछन्। त्यस्तो अवस्थामा गरिएको लगानीले प्रतिफल दिन नसकेको उनको तर्क छ।

भन्छन्, ‘हामीले फुटबलमा त्यत्रो लगानी गरेका छौं। त्यसको मूल्य पनि हामीले अहिलेसम्म पाउन सकेको छैन। राम्रो तरिकाले अघि नबढ्ने हो भने यस्तो समस्या भइरहन्छन्। अहिले बल्ल केही प्रतिस्पर्धा खेल हुन सुरु भएको छ। सुपर लिग सुरु गरेका छौं।’

उनले आज भारतविरुद्ध भने आज ठिकठाक प्रदर्शन गरेको बताएका छन्। यद्यपि श्रीलंकाले २७ प्रतिशत मात्र बल पोसेसन बनाएर खेलेको थियो।  उनी भन्छन्, ‘अझैसम्म पनि पोसेसन बनाएर खेल्न सकेका छैनौं। फुटबलमा बलियोले होइन स्मार्ट टिमले जित निकाल्छ। इन्डिया हामीभन्दा निकै बलियो टिम हो तर हामीले बराबरी गर्न सफल भयौं। यो हामी राम्रो गर्दै छौं भन्ने लक्षण हो।'

उनले अन्तिम खेलमा माल्दिभ्ससँग मिलेसम्मको उत्कृष्ट प्रदर्शन गर्ने बताए। उनले भने, ‘नेपाललेजस्तै हरेक खेलमा हामीले राम्रो गर्दै गइरहेका छौं। यसरी राम्रो गर्दै जाने हो भने फुटबल केही पनि होइन क्रिकेट सबैथोक हो भन्ने श्रीलंकनको भावना बदलिने छ।’

प्रकाशित: Oct 08, 2021| 06:56 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।