मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • फिलिपिन्सका उपराष्ट्रपति रोब्रेडो आगामी निर्वाचनमा राष्ट्रपतिमा भिड्‍ने

फिलिपिन्सका उपराष्ट्रपति रोब्रेडो आगामी निर्वाचनमा राष्ट्रपतिमा भिड्‍ने

फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेडोले बिहीबार अब हुने निर्वाचनमा राष्ट्रपतिको उम्मेदवार बन्‍ने घोषणा गरेकी छन्।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

मनिला- फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेडोले बिहीबार अब हुने निर्वाचनमा  राष्ट्रपतिको उम्मेदवार बन्‍ने घोषणा गरेकी छन्। यो उनको लामो समयदेखि अपेक्षित निर्णय भएको स्थानीय सञ्‍चारमाध्यमहरुले जनाएका छन्। 

National life

विपक्षी नेता रोब्रेडोले मे ९ को चुनावको लागि सहमतिको एकल उम्मेदवार छनोट गर्ने विषयले मूर्त रूप नलिएपछि उम्मेदवारी घोषणा गरेकी हुन्।

रोब्रेडोले यसअघि भनेकी थिइन्, 'चुनाव लड्ने निर्णय गर्न सक्छु। यदि पूर्व सिनेटर फर्डिनान्ड "बोङबोङमार्कोस जुनियर पनि राष्ट्रपतिको उम्मेदवार  बनेको अवस्थामा।'

मार्कोसलाई उनले २०१६ को उपराष्ट्रपति पदको दौडमा झिनो मतले पराजित गरेकी थिइन्। बुधबार बोङबोङले राष्ट्रपतिको उम्मेदवारी दर्ता गरेपछि रोब्रेडोले पनि उनका विरुद्ध चुनाव लड्ने घोषणा गरेकी छन्।

फिलिपिन्समा राष्ट्रपति र उपराष्ट्रपति छुट्टाछुट्टै चुनिने व्यवस्था छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 08, 2021| 00:30 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।