सोमबार, असार २२, २०८३

बंगलादेशविरुद्ध आयोजक माल्दिभ्सको सहज जित

माल्दिभ्समा जारी साफ च्याम्पियनसिपअन्तर्गत बिहीबार रातिको खेलमा घरेलु टिमले बंगलादेशविरुद्ध २–० गोलको सहज जित निकालेको छ।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

काठमाडौं– माल्दिभ्समा जारी साफ च्याम्पियनसिपअन्तर्गत बिहीबार रातिको खेलमा घरेलु टिमले बंगलादेशविरुद्ध २–० गोलको सहज जित निकालेको छ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा उसले बंगलादेशरलाई हराउँदै जारी च्याम्पियनसिपमा पहिलो जित निकालेको हो। यो जितसँगै माल्दिभ्सले अंक तालिकामा तीन अंक थप जोड्दै खाता खोलेको छ।

माल्दिभ्सले जितका लागि दुवै गोल दोस्रो हाफमा गरेको थियो। खेलको ५५औं मिनेटमा निहाल दिएको पासलाई हम्जा मोहम्मदले माल्दिभ्सका लागि अग्रता बनाएका थिए।

त्यस्तै, खेलको ७४औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै अली अश्फाकले गोल गरेका थिए। खेलमा ६३ प्रतिशत समय बलमा नियन्त्रण बनाएर विपक्षीको पोस्टतर्फ १२ प्रहार गरेको माल्दिभ्सले थप गोल गर्न सकेन।

यता, बंगलादेशले पनि सात पटक माल्दिभ्सको पोस्टतर्फ प्रहार गरेको थियो। तर, बंगलादेशका कुनै प्रयास सफल भएपछि उसले हार बेहोरेको हो। यो हारका बाबजुद ४ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ भने माल्दिभ्स तीन अंकका साथ तेस्रो स्थानमा छ।

माल्दिभ्सले पहिलो खेलमा नेपालसँग हार बेहोरेको थियो। यता दुवै खेलमा जित निकालेको नेपाल भने ६ अंकका साथ शीर्षस्थानमा छ। त्यस्तै, बिहीबार साँझको अर्को खेलमा इन्डियाले श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो।

पहिलो खेलमा पनि बंगलादेशसँग बराबरी गरेको इन्डियाको अहिले २ अंक छ। त्यस्तै, पुछारको श्रीलंकाले तीन खेलबाट १ अंक जोडेको छ। अब चौथो चरणमा नेपालले इन्डियासँग खेल्नेछ भने श्रीलंकाले माल्दिभ्सँग खेल्नेछ।

प्रकाशित: Oct 08, 2021| 06:30 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।