सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • फुटसल लिगको फाइनल आज : उपाधिका लागि स्पोटर्स क्यासल र शंखमुल भिड्दै

फुटसल लिगको फाइनल आज : उपाधिका लागि स्पोटर्स क्यासल र शंखमुल भिड्दै

राष्ट्रिय डिभिजन फुटसल लिगको फाइनल खेल आज पोखरामा हुँदैछ। पोखराको बहुउद्देश्यीय फुटसल रंगशालामा हुने फाइनल खेलमा आज शंखमुल फुटसल क्लबले स्पोर्ट्स क्यासल पोखराको सामना गर्नेछ।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

काठमाडौं– राष्ट्रिय डिभिजन फुटसल लिगको फाइनल खेल आज पोखरामा हुँदैछ। पोखराको बहुउद्देश्यीय फुटसल रंगशालामा हुने फाइनल खेलमा आज शंखमुल फुटसल क्लबले स्पोर्ट्स क्यासल पोखराको सामना गर्नेछ।

फाइनल खेल आज दिउँसो साढे १२ बजेबाट सुरु हुनेछ। फाइनलमा दुवै टिम उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छन्। पोखरेली टिम स्पोटर्स क्यासलले घरेलु समर्थकको साथ पाएको छ। 

त्यसैले ऊ, घरेलु समर्थकमाझ उपाधि जित्न चाहन्छ। यता, शंखमुल क्लब पनि पहिलेका ठूला प्रतियोगितामा विजेता हुँदै आएको टिम हो। त्यसकारण ऊ पनि आज उपाधि जितेर आफ्नो दबदबा कायम राख्न चाहन्छ।

चरणमा तालिकाको शीर्षस्थानमा थियो। त्यसैले यो सिजन ऊ लगातार जित निकाल्ने दाउमा हुनेछ। उसले पहिलो क्वालिफायमा दोस्रोस्थानको धराने क्लक द राइजिङ क्लबलाई हराएर फाइनल पुगेको हो।

यता शंखमुल भने इलिमिनेटर र दोस्रो क्वालिफायर हुँदै फाइनलसम्म पुगेको हो।

यो लिगको विजेताले १० लाख पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउनेछ। विभिन्न विधाका उत्कृष्टहरूले पनि समान २५–२५ हजार पुरस्कार पाउनेछन्।

प्रकाशित: Oct 08, 2021| 07:18 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।