शुक्रबार, भदौ ५, २०८३

प्रदेश १ को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

प्रदेश १ को नवौं तथा हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ। हिउँदे अधिवेशन दिउँसो २ बजेदेखि सुरु हुने संसद् सचिवालयले जनाएको छ।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

विराटनगर– प्रदेश १ को नवौं तथा हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ। हिउँदे अधिवेशन दिउँसो २ बजेदेखि  सुरु हुने संसद् सचिवालयले जनाएको छ। 

मुख्यमन्त्री भीमप्रसाद आचार्यले आफू नेतृत्वको सरकारलाई विश्वासको मतसमेत लिने उद्देश्यले हिउँदे अधिवेशन बोलाएका हुन्। एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्य ३० दिन भित्र विश्वासको मत लिने प्रक्रियामा अघि बढेका हुन् ।

बहुमत सदस्य रहेको दाबी गर्दै आएको विपक्षी गठबन्धनले मुख्यमन्त्री आचार्यले संसद् अधिवेशन अगावै राजीनामा दिनुपर्ने माग गर्दै आएको छ। 

प्रदेशसभामा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १–१ सांसद छन्। 

दशैं अघि नै नयाँ सरकार : राई

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच केन्द्रमा भएका सहमति अनुसार प्रदेश १ को नेतृत्व नेकपा एकीकृत समाजवादीले गर्ने भएको छ। 

केन्द्रमा भएका सहमतिपछि नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्ने पक्का भएको छ। मुख्यमन्त्री नियुक्तिको प्रक्रिया शुक्रबार (आज) बिहानबाट सुरु हुने उनले बताए। 

विपक्षी गठबन्धनमा बहुमत रहेकाले दसैंअघि नै नयाँ सरकार बन्ने नेता राईले बताए।

प्रकाशित: Oct 08, 2021| 07:10 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...