बिहीबार, भदौ ४, २०८३

उपत्यकाबाट बाहिरिए चार लाख सर्वसाधारण

प्राइभेट सवारी साधनमा जाने सर्वसाधारणको एकीन संख्या भने आफूहरुसँग नभएको उनको भनाइ छ। गत वर्ष कोरोना महामारीका कारणले लकडाउन गरेर आवत जावतमा रोक लगाइएको थियो।
 |  बिहीबार, असोज २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २१, २०७८

काठमाडौं- यसपालि दसैंमा उपत्यका बाहिरिनेको संख्या केही मात्रामा घट्ने देखिएको छ। घटस्थापनाको अघिल्लो २० असोजसम्म उपत्यका छोडेर जानेको संख्या चार लाख १२ हजार ७३ पुगेको छ भने भित्रिनेको संख्या पनि तीन लाख ८७ हजार ६०१ रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

घटस्थापनाको अघिल्लो दिनसम्ममा उपत्यकाबाट बाहिरिने र भित्रिनेको संख्या उस्तै–उस्तै रहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जिव शर्मा दासले बताए। तर, प्राइभेट सवारी साधनमा जाने सर्वसाधारणको एकीन संख्या भने आफूहरुसँग नभएको उनको भनाइ छ। गत वर्ष कोरोना महामारीका कारणले लकडाउन गरेर आवत जावतमा रोक लगाइएको थियो।

एसपी शर्मा भन्छन्, ‘यस वर्ष पनि सर्वसाधारणमा कोरोनाको त्रास बाँकी नै भएकाले उपत्यकाबाट बाहिरिनेको संख्या कम हुनसक्छ। गाउँ गएका बेला लकडाउन भएर फेरि फर्किन समस्या हुने हो कि भन्दै कतिपय बाहिर नजान सक्छन्।’ बाहिर देशमा कोरोना बढेर अझै पनि लकडाउन गरेकाले नेपालमा पनि फेरि त्यस्तै होला भन्ने चिन्ता सर्वसाधारणमा रहेको उनी बताउँछन्।

दसैं मनाउन काठमाडौं उपत्यका बाहिर जाने यात्रुले अग्रिम टिकट काट्न सुरु गरेका छन्। ११ असोजदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको छ।

विगतका वर्षमा नयाँ बसपार्कमा टिकट काट्ने पहिलो दिनमै यात्रुको घुइँचो लाग्ने गरेको थियो। यस वर्ष भने तुलनात्मक रुपमा निकै कम देखिएको हो। विगतका वर्षदेखि नै दसैं अगाडि टिकटको अग्रिम बुकिङ खुला गरिँदै आएको छ। अहिले नौ दिनको अन्तरालमा ३८ हजार ९४१ जनाले टिकट काटेको एसपी शर्माले बताए। 

नागढुङ्गा, भक्तपुरको जगाती, बल्खु–फर्पिङ, चन्द्रागिरि, ललितपुरको लेले, टोखा छहरे, मुड्खु, जरसिंहपौवा र रामकोटलगायतका नाकाबाट भित्रिने र बाहिरिने सवारी साधनको सङ्ख्या बढ्न थालेको महाशाखाले जनाएको छ।

यस वर्षको दसैंमा विशेष सुरक्षा योजना ल्याइएको छ। यसका लागि सरकारले उपत्यकामा ८ हजार प्रहरी परिचालन गरेको छ। जुवातास, मापसे तथा मनलाग्दी गाडीभाडामा पनि निगरानी गर्ने योजना प्रहरीले ल्याएको छ।

नेपालीको महान चाड दसैंतिहार नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा विशेष सुरक्षा योजना लागू भइसकेको छ। १० असोजदेखि लागू गरिएको सुरक्षा योजनाअन्तर्गत सुरक्षा निकायले उपत्यका प्रवेश गर्ने प्रमुख नाकामा कुकुरसमेत परिचालन गरेको छ।

खासगरी पटाकाजन्य विस्फोटक पदार्थ र चाडपर्वको मौकामा हातहतियारसमेत प्रवेश गराउने जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरीले ‘डग स्निफिङ’ कार्यक्रम सञ्चाल गरेको छ। जसअन्तर्गत नाकामा प्रहरीसँगै तालिम प्राप्त कुकुरले पनि जाँच गर्नेछन्। 

काठमाडौं छिर्ने मुख्य/मुख्य नाका थानकोट, फर्पिङ, साँगा, नुवाकोट छिर्ने नाका र अरु साना नाकामा विशेष निगरानी र जाँचको व्यवस्था मिलाएको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 07, 2021| 22:00 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।